
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको विषयमा छानबिन गर्न गठित समितिले दोषीमाथि कारवाहीको माग गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका शिक्षकहरुले गरेको गलत कार्य पुष्टि भएपछि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’ले कारवाहीको लागि उजुरी दिनुभएको हो ।
कक्षा ११ को परीक्षामा व्यापक अनियमितता र गलत कार्यहरु भएको गुनासो यही पुस ६ गते आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । सो समितिका सदस्यहरुमा जनकल्याण पराजुली, सिता अधिकारी, दामोदर रिमाल र महेश्वर पोखरेल रहनु भएको छ ।
छानबिन समितिले गत मंसिर १२ गते एकजना छात्रालाई होटलमा पु¥याई परीक्षा लिएको विषयमा थालेको अनुसन्धानले विद्यालयका शिक्षकहरुले परीक्षाका नाममा धेरै गलत कार्यहरु भएको भेटेको थियो । छानबिन समितिका संयोजक दवाडीले भन्नुभयो–‘विद्यालय भित्रका परीक्षाका डकुमेन्टहरु हेर्दा धेरै नै शंकास्पद देखियो । विद्यालयको छाप, हस्ताक्षर र परीक्षाका लागि अपनाउनु पर्ने प्रावधानहरु गलत कार्य र स्वार्थपूर्तिका लागि दुरुपयोग गरिएको भेटिएको छ ।’
‘राष्ट्रिय माविको ईतिहासलाई नै कलंकित पार्ने गरी भएका यी घटनाहरुमा संलग्न सबैलाई कारवाही हुनैपर्दछ,’ छानबिन समितिका संयोजक हिमालले भन्नुभयो–‘हामीले छानबिन समितिको प्रतिवेदन, प्राप्त ठोस प्रमाणहरु र आरोपित शिक्षकहरुले स्वीकार गरेको लिखित र मौखिक प्रमाणहरु सम्बन्धित निकायलाई बुझाएका छौं ।’
एकजना छात्रालाई होटलमा पु¥याएको विषयबाट छानबिन थालेको समितिले अन्य छात्राको नम्बर पनि यसैगरी पछि थपिएको, विद्यार्थीको हस्ताक्षर शिक्षकले नै गरेको र परीक्षाका लागि रुटिङ निकाल्नु पर्ने, सार्वजनिक सूचना दिनुपर्ने र नयाँ प्रश्नपत्र तयार पार्नु पर्ने जस्ता कुनै पनि कार्यहरु नगरिएको भेटेको थियो । यस्ता धेरै त्रुटिहरु भेटेपछि प्रमाणहरु नष्ट नहुन् भनेर सप्रमाण राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको छानबिन समितिका संयोजक हिमालले जानकारी दिनुभएको छ ।
राष्ट्रिय माविका शिक्षक शिरिषकुमार वस्ताकोटीले एक जना छात्रालाई पोखरा–३२ खोलाको छेउस्थित होटलमा पु¥याएर दुईवटा विषयको परीक्षा लिनुभएको थियो । विद्यालय भित्र लिनु पर्ने परीक्षा विद्यालय बाहिर होटलमा पु¥याउने, अघिल्लो दिन बाहिरिएको प्रश्नपत्रमा परीक्षा दिन लगाउने, आफैं चेकिङ गरेर नम्बर सिटमा चढाउने लगायतका कामहरु गरिएको भेटिएको छ ।
सो घटनामा विद्यालयका प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार वस्ताकोटी लगायतले आफ्नो अधिकार र कर्तव्यको गलत दुरुपयोग गरेको देखिन्छ । छात्रालाई होटलमा पु¥याएर आफू मदिरामा मस्त रहेका शिक्षक वस्ताकोटीले आफूले पढाउने भन्दा फरक दुई विषयमा परीक्षा लिएका थिए । यो घटनाले अन्य विद्यार्थीहरु पनि यी शिक्षकहरुको जालमा फसेका वा वाध्य पारिएका हुन सक्ने देखिएको छ । अन्य विद्यार्थीको पनि परीक्षा अन्त कतै लिईएको हो कि भन्ने आशंका छानबिन समितिले गरेको छ ।
‘विद्यालयमा परीक्षासँग सम्बन्धित डकुमेन्टहरु हेर्दा हामी स्तब्ध भयौं,’ छानबिन समितिका संयोजक हिमालले भन्नुभयो–‘एउटा छात्रामात्र होइन, अन्य विद्यार्थीलाई पनि कतै अन्त परीक्षा दिन लगाईएको हो कि भन्ने आशंका त्यहाँ देखिएका गलत कार्यहरुले संकेत गरिरहेका छन् ।’
विद्यालयमा भएको व्यापक गलतधन्दाको छानबिन भईरहँदा सशंकित प्रधानाध्यापक सुर्य तिवारीले भने डेढ महिना अघि होटलमा पु¥याईएर परीक्षा दिएकी एकजना छात्राको मात्र परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड पोखरामा निवेदन दिनुभएको छ । यो निवेदनले मात्र त्यहाँ भित्र भएका गलत धन्दाहरु छोपिने वा त्यसबाट दोषी शिक्षकहरु अब सजिलै बच्न सक्ने स्थिति देखिदैंन ।
यस विषयमा वास्तविकता भनिदिन विद्यालयमा नै पुगेर अनुरोध गर्दा प्रधानाध्यापक तिवारीले केही बोल्न चाहनु भएन । उहाँले यस विषयमा समाचार प्रकाशित नगरिदिन, विद्यालयको छवि बचाई दिन र भर्नाको समयमा पर्न सक्ने असरलाई ख्याल गरिदिन अनुरोध गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले राष्ट्रिय माविमा भएका गलत कार्यका विषयमा जानकारी प्राप्त भएको र पोखरामा बुझाईएको प्रतिवेदन, उजुरी र सप्रमाणहरु काठमाडौं झिकाईएको बताउनुभयो । अध्यक्ष प्रा.डा.पौडेलले भन्नुभयो–‘यस्तो गम्भिर विषयमा प्राप्त डकुमेन्टहरु बोर्ड बैठकमा राख्छौं र छलफल गरेर निर्णय लिन्छौं ।’
शिक्षक शिरिषकुमार वस्ताकोटीले छानविन समितिका सामु सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी सरसँग सल्लाहमा नै गत मंसिर ११ गते ती विद्यार्थीलाई होटलमा पु¥याएको स्वीकार गरेका थिए । यस घटनामा प्रधानाध्यापक सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीले आफ्नो दायित्व, जिम्मेवारी र अधिकारको गलत दुरुपयोग गरी परीक्षाका नाममा अमार्यादित क्रियाकलापहरु गरेको प्रष्ट देखिन्छ । एक छात्रालाई अभिभावकत्व प्रदान गर्नुपर्ने, सम्मानित मर्यादामा रहनु पर्ने शिक्षकहरुले नै गलत मनसायले परीक्षा होटलमा दिन लगाउने, विभिन्न आश र त्रासमा पार्ने र गलत कार्यहरु गर्ने गरेको भेटिए पछि यतिबेला विद्यालय व्यवस्थापन समितिले नै यस घटनाको सम्बन्धित निकायले पुनः छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु