
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
लक्ष्मीप्रसाद सापकोटा
पर्वत । कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् ।
बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङक अनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन् ।
सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेको तथ्याङ्कअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन् । तीमध्ये पाँच बालिका यौन दुव्र्यबहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन् । अघिल्लो अङ्ग्रेजी वर्ष २०१९ को सङ्कलित तथ्याङ्कअनुसार बालयौन दुव्र्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो ।
यो अङ्ग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ ।
पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन् । २०७६ पुसदेखि २०७७ पुस सम्मको इन्सेकको तथ्याङ्कअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन् ।
फलेवासका छात्रालाई कक्षामै प्याड
ग्रामीण क्षेत्रमा अध्ययनरत छात्रा महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अहिले पनि विद्यमान छ । जसले गर्दा छात्राको पढाइमा समस्या आउने गरेको पाइन्छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले सबै विद्यालयका कक्षा कोठामा स्यानिटरी प्याडको व्यवस्थापन गरेको छ । विद्यालयमै रहेका बेला महिनावारी भएर कक्षा छाडेर विद्यार्थीलाई घर जान नपरोस् र उनीहरुको सिकाइ र पढाइले निरन्तरता पाओस् भन्ने उद्देश्यले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन गरिएको फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।
कोभिड–१९ को सङ्क्रमणपछि खुलेका सबै विद्यालयमा पुगेर अध्ययनरत कक्षा ६ देखि स्नातक तहसम्मका छात्रालई वर्षभरि पुग्नेगरी प्याड वितरण गर्न थालिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही वडामा रहेका विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकी वडाका विद्यालयमा पनि आफै विद्यालय पुगेर शिक्षकलाई हस्तान्तरण गर्ने अधिकारीले बताउनुभयो ।
फलेवास नगरपालिकामा माध्यमिक र आधारभूत विद्यालय कक्षा ८ सम्म गरी ३० भन्दा बढी विद्यालय रहेका छन् । कक्षा ६ देखि स्नातक तहसम्म सञ्चालन हुने क्याम्पसमासमेत स्यानिटरी प्याड उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको छ । यस वर्ष रु १५ लाख बराबरका स्यानिटरी प्याड खरिद गरी सबै विद्यालयमा उपलब्ध गराउने कार्यक्रम रहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।
थोरै मूल्यमा पाइने भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीले खरिद गरेर प्रयोग गर्नसक्ने अवस्था छैन । घरगाउँमै पाइने फोहर कपडा प्रयोग गर्दा स्वास्थ्यमासमेत समस्या आउने भएपछि नगरपालिकाले यो नमूना कार्य अघि बढाएको नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसबाट छात्रा प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । मासिक रुपमा कम्तीमा तीन÷चार दिन छात्राको पढाइमा अवरोध आउने अवस्थालाई यसले अन्त्य गर्ने उहाँको विश्वास छ । यसअघि सरकारले एसइर्ईलगायत जिल्लास्तरीय परीक्षामा मात्र स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको थियो । अब भने फलेवासका कक्षा ६ देखि क्याम्पस तहका सबै शिक्षालयमा पर्याप्त मात्रामा स्यानिटरी प्याडको व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।
अहिले नगरभित्रका निजी विद्यालयमा भने वितरण गरिएको छैन । छात्रालाई महिनावारीका बेलासमेत निर्धक्कका साथ विद्यालयमा गएर पढ्न नगरप्रमुख शर्माले आग्रह गर्नुभएको छ । यो महिलाको नियमित प्रक्रिया भएकाले सङ्कोच नमानी यस्तो बेलामा विद्यालय आएर आफ्नो पढाइमा बाधा नपु¥याउनसमेत उहाँको आग्रह छ ।
महाशिलामा अनलाइनबाट घटना दर्ता
महाशिला गाउँपालिकाका सबै वडामा व्यक्तिगत घट्ना दर्ता कार्य अनलाइन प्रणालीबाट शुरु भएको छ । गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट सोमबारदेखि अनलाइन प्रणालीबाट घटना दर्ता गर्न शुरु गरेको हो । दर्ता कार्यमा संलग्न जनशक्तिलाई आवश्यक तालीम र दर्ता कार्यको शुरुवातका लागि आवश्यक कप्युटर, प्रिन्टर, इन्टरनेटलगायत सामग्री उपलब्ध गराएपछि सेवा शुरु भएको पालिकाले जनाएको छ ।
व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट शुरु भएपछि पारदर्शीता र सुशासनका साथै अभिलेख व्यवस्थित हुने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सूचना प्रविधिसँग जोड्दिै यसलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्नेे बताउनुभयो ।
नागरिक लक्षित सेवाहरु डिजिटल बनाउने र अधिकतम सार्वजनिक सेवालाई अनलाइन प्रविधिमार्फत लैजाने उद्देश्यस्वरुप सबै वडामा यो प्रविधि विस्तार गरिएको उहाँको भनाइ छ । हरेक व्यक्तिको डाटा अनलाइनमा रहने भएकाले सबैलाई सहज हुने उहाँको विश्वास छ ।
महाशिलाका–१ होश्राङ्दी र वडा नं ४ पाखापानीमा यो सेवा शुरु भइसकेको छ भने बाँकी वडामा पनि विस्तारै शुरु गरिँदै जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । गाउँपालिकाले यसअघि घटना दर्तामा संलग्न हुने कर्मचारीलाई तालीम समेत दिइसकेको ठकुरीले बताउनुभयो ।
यस अघि पर्वतको कुश्मा नगरपालिकाका विभिन्न वडामा अनलाइन प्रणालीबाट घटना दर्ता कार्य शुरु गरिएको थियो ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ