
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा । नेपाल प्रहरीका प्रहरी महारिक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदैं आर्थिक अपार्दशिताका गतिविधिहरु सह्य नहुने बताउनुभएको छ ।
‘नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न गरिने जस्तोसुकै आर्थिक अपार्दशिताका गतिविधिहरु सह्य हुनेछैन,’ प्रमुख क्षेत्रीले भन्नुभयो–‘यस प्रति सबै प्रहरी कर्मचारीहरु सचेत रहेर पारदर्शिताको नमूना प्रर्दशन गर्नुपर्नेछ ।’
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण तथा अवलोकन गरी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा पोखरा उपत्यका स्थित अन्य प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
निरीक्षणका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले स्वागत गर्नु भएको थियो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले समग्र गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, अपराधिक तथ्याङक विश्लेषण, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, हालसम्म गण्डकी प्रदेश अन्तर्गत भएका उल्लेख्य गतिविधिहरु तथा प्रदेश प्रहरी कार्यालयको आगामी कार्ययोजना एवं रणनीतिहरु लगायतका विषयमा प्रस्तुतिकरण मार्फत प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई जानकारी गराउनुभयो ।
प्रस्तुतिकरण कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी कार्यालयको बहुउद्देशीय हलमा सहभागीसम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारी आम नागरिकका पीडा तथा समस्याहरुको निदानकर्ता भएकाले कुनै पनि प्रहरी कर्मचारीको अकर्मण्यताका क्षम्य नुहने बताउनुभयो । ‘प्रहरी कर्मचारीको अकर्मण्यताका कारण आम नागरिकमा समग्र कानून एवं न्याय प्रणाली प्रति नै नैराश्यता उत्पन्न हुन जान्छ,’ प्रहरी महानिरीक्षक क्षेत्रीले भन्नुभयो–‘कार्यदक्षताले भरिपूर्ण तथा चरित्रवान प्रहरी कर्मचारीका रुपमा आफूलाई कार्यक्षेत्रमा समर्पित गर्नुहोला ।’
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी महानिरीक्षकबाट भएका निर्देशनहरुलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनका प्राथमिकताहरुलाई कार्यान्वयन गरी नतिजामुखी सेवा प्रवाह जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
निरीक्षणको क्रममा निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखरा र निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँको समेत निरीक्षण तथा अवलोकन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको हो ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन