
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, १० वैशाख । धितोपत्र बजारमा संगठित रूपमा ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) गरी साढे तीन अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छालाई बिहीबार नक्सालबाट नियन्त्रणमा लिइएको हो।
नेपाल धितोपत्र बोर्डले तयार पारेको ’प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’ का आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पुष्टि गर्नुभयो।
के छ गोल्छामाथिको अभियोग?
धितोपत्र बोर्डको प्रतिवेदनअनुसार, विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवालको मुख्य योजनामा भएको सेयर बजारको ठूलो जालसाजीमा गोल्छाको ’सहयोगी भूमिका’ देखिएको छ। गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिमका कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा यो समूहले पब्लिक लिमिटेड कम्पनीहरूको रकम दुरुपयोग गरी आफ्नै लगानी रहेका कम्पनीहरूबीच ’सर्कुलर ट्रेडिङ’ मार्फत सेयरको कृत्रिम मूल्य वृद्धि गराएको भेटिएको छ। विशेषगरी नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य बढाउन विना पैसा ’उधारो’ मा अर्बौँको कारोबार गरिएको र त्यसमा गोल्छाले पदमा रहँदा सघाएको प्रतिवेदनको निष्कर्ष छ।
डिजिटल पदचापले खोतलेको रहस्य
नियामक निकायको प्राविधिक अनुसन्धानले यो समूहको संगठित सञ्जाललाई थप उदाङ्गो पारेको छ। प्रतिवेदनअनुसार, हिमालयन रिइन्स्योरेन्स, विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरू र अभियुक्तहरूको व्यक्तिगत खाताबाट एउटै ’इन्टरनेट प्रोटोकल’ ठेगाना प्रयोग गरी सेयर कारोबार गरिएको पाइएको छ। यसले फरक–फरक संस्थाका खाताहरू एउटै केन्द्रबाट सञ्चालन गरी बजारलाई भ्रमित पारेको पुष्टि गर्दछ।
भृकुटी स्टक ब्रोकिङ्गमार्फत २५ प्रतिशत मार्जिन समेत नराखी कानुन विपरीत ठूलो मात्रामा सेयर खरिद–बिक्री गरिएको र यसले दोस्रो बजारलाई नै विकृत बनाएको ठहर बोर्डको छ।
गोल्छाको बचाउ र राजीनामा
यसअघि नै अनुसन्धानको सुइँको पाएका गोल्छाले केही साताअघि मात्र हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनले सार्वजनिक रूपमा आफू अन्तिम लाभग्राही नरहेको र गैरकानुनी कारोबारबारे जानकारी पाएलगत्तै नैतिकताका आधारमा राजीनामा दिएको दाबी गर्दै आएका थिए। तर, बोर्डको प्रतिवेदनले उनलाई कसुर गर्न सहयोग पुर्याउने व्यक्तिको सूचीमा राखेपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो।
को–को छन् अनुसन्धानको घेरामा?
यस प्रकरणमा मुख्य योजनाकार मानिएका दीपक भट्ट र सुलभ अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परिसकेका छन्। उनीहरूसँगै सुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र ब्रोकर कम्पनीका कार्यकारी प्रमुख सन्दीप चाचान समेत गम्भीर अनुसन्धानको घेरामा छन्।
प्रहरीले यसलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को समेत गम्भीर उल्लंघन भएको उल्लेख गर्दै विस्तृत छानबिनलाई तीव्रता दिएको छ। निजी क्षेत्रका एक प्रभावशाली नेतृत्वकर्ता नै पक्राउ परेपछि नेपाली व्यावसायिक जगत र सेयर बजारमा यसले ठूलो तरङ्ग पैदा गरेको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन