
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, १० वैशाख । पर्यटकीय राजधानी पोखराको शान्ति सुरक्षालाई चुनौती दिँदै मौलाएको ’टोले गुण्डागर्दी’ र लागुऔषधको जालो मत्थर पार्न कास्की प्रहरीले आक्रामक कदम चालेको छ ।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै बढ्दो आपराधिक सक्रियतालाई नियन्त्रण गर्न बुधबार राति सञ्चालित १० घन्टे ‘स्वीप अपरेसन’का क्रममा प्रहरीले विभिन्न स्थानबाट १ सय २२ जनालाई नियन्त्रणमा लिएको छ ।
यो अपरेसनले पोखराको लेकसाइडदेखि दोबिल्लासम्मको सुरक्षा संयन्त्रलाई एकाएक सक्रिय बनाएको छ, जसलाई स्थानीयले पछिल्लो समयकै ठूलो प्रहरी कारबाहीका रूपमा हेरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीको प्रत्यक्ष कमान्डमा परिचालित करिब एकसय जनाको टोलीले काहुँडाँडा, रामबजार, लेखनाथका ताल आसपास र महतगौंडा जस्ता संवेदनशील क्षेत्रमा छापा मारेको थियो ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार प्रहरीले पोखराका मुख्य व्यापारिक केन्द्रदेखि ग्रामीण भेगसम्म पुगेर छापा मारेको थियो । प्रहरीले यसरी पक्राउ परेकाहरूको क्षेत्रगत विवरण यस प्रकार रहेको छ :
लेकसाइड र ड्यामसाइड क्षेत्र : वडा नं. ६ अन्तर्गतको पर्यटकीय क्षेत्र लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा बढी ३५ जना पक्राउ परेका छन् ।
पृथ्वीचोक र रंगशाला क्षेत्र : वडा नं. ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पताल चोक क्षेत्रबाट २० जना नियन्त्रणमा परेका छन् ।
रामबजार र एयरपोर्ट क्षेत्र : वडा नं. १४ र १५ को एयरपोर्ट, फूलबारी र रामबजार क्षेत्रबाट १५ जना पक्राउ परेका छन् ।
लेखनाथ र सैनिक बस्ती क्षेत्र : वडा नं. २९ र ३० को भण्डारढिक, सैनिक बस्ती र पट्नेरी क्षेत्रबाट १२ जना समातिएका छन् ।
बगर र बजार क्षेत्र : वडा नं. १ देखि ५ सम्मका कँसेरी, बागलुङ बसपार्क, भैरवटोल र महेन्द्रपुल क्षेत्रबाट ९ जना पक्राउ परेका छन् ।
अन्य क्षेत्र : काहुँडाँडा र तुलसीघाट क्षेत्रबाट ८ जना, सभागृह चोक र बगाले टोलबाट ६ जना, दिपाङ ताल क्षेत्रबाट ६ जना पक्राउ परेका छन् ।
यसबाहेक लामाचौर, बाटुलेचौर, भेडाबारी, लामेआहाल र गाउँपालिका अन्तर्गत माछापुच्छ्रे र अन्नपूर्ण (नौडाँडा)बाट समेत शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म चलेको यस अभियानले समाजमा त्रास फैलाउने र अवैध धन्दामा संलग्नहरूलाई लक्षित गरेको छ । एसपी कार्कीका अनुसार, पक्राउ परेकामध्ये धेरैजसो लागुऔषध कारोबार, अभद्र व्यवहार र शंकास्पद गतिविधिमा संलग्न छन् ।
यसअघि नयाँ वर्षको दिनमै प्रहरीले २२ जनालाई पक्राउ गरी १० जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको सन्दर्भमा यो पछिल्लो अपरेसनले प्रहरीको ‘शून्य सहनशीलता’को नीतिलाई प्रस्ट्याएको छ ।
नेपालमा गुण्डागर्दीको इतिहास हेर्ने हो भने यो केवल सडकको दादागिरीमा मात्र सीमित छैन । पछिल्ला दशकहरूमा गुण्डाहरूले राजनीतिक दलको ’भ्रातृ संगठन’ वा ’सुरक्षा दस्ता’का रूपमा आफूलाई रूपान्तरण गरेका छन् ।
विगतमा दिपक मनाङे, गणेश लामा, चरी, घैँटे जस्ता नामहरूले पाएको राजनीतिक संरक्षण र उनीहरूको राजनीतिक उदयले अपराधीहरूमा ‘शक्ति भए कानुन लाग्दैन’ भन्ने भ्रम सिर्जना गरेको देखिन्छ । पोखरामा पनि कतिपय ’गुन्डा’हरूले ठेक्कापट्टा, जग्गा कारोबार र पर्यटन व्यवसायमा आफ्नो वर्चस्व कायम गर्न राजनीतिक दलका नेताहरूलाई प्रयोग गर्ने र चुनावका बेला उनीहरूका लागि ‘मसल्स’को काम गर्ने प्रवृत्ति नौलो होइन ।
पछिल्लो समय ‘जेनजी’ आन्दोलनपछि समाजमा देखिएको अस्थिरताको फाइदा उठाउँदै नयाँ पुस्ताका युवाहरूलाई गुण्डागर्दी र लागुऔषधको दलदलमा फसाउने गिरोह सक्रिय भएको प्रहरी विश्लेषण छ । राजनीतिक आडमा अपराध गर्ने र प्रहरीलाई दबाब दिने परिपाटीले गर्दा नै समाजमा ‘टोले गुन्डा’हरूको बिगबिगी बढेको हो । यद्यपि, वर्तमान प्रहरी नेतृत्वले पुराना रेकर्ड भन्दा पनि वर्तमानका गतिविधिलाई आधार बनाएर कारबाही अगाडि बढाउँदा राजनीतिक संरक्षणको जालो कमजोर बन्दै गएको संकेत मिलेको छ ।
कास्की प्रहरी प्रमुख एसपी कार्कीले भने यस विषयमा स्पष्ट पारेका छन् । उनले कसैको दबाब वा पुरानो रेकर्डका आधारमा मात्र नभई, हालको सक्रियता र प्रमाणका आधारमा मात्र कारबाही हुने विश्वास दिलाएका छन् । ‘नियम र कानुनको परिधिमा रहेर हिँडडुल गर्ने र मनोरञ्जन गर्ने नागरिकको अधिकारलाई हामी सम्मान गर्छौँ,’ एसपी कार्कीले भने, ‘तर समाजमा आतंक सिर्जना गर्ने र लागुऔषधमार्फत युवा पुस्ता सिध्याउनेहरू विरुद्ध हाम्रो लडाइँ जारी रहनेछ ।’
प्रहरीले विशेष गरी लागूऔषध बिक्री वितरण र सेवन गर्ने, रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र सर्वसाधारणलाई धम्की दिने ‘टोले गुण्डा’हरूलाई लक्षित गरी यो कारबाही चलाएको जनाएको छ । समाजमा अशान्ति फैलाउने, सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने र उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई पनि प्रहरीले तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने एसपी कार्कीको भनाई छ ।
प्रहरीले सञ्चालन गरेको यो ’स्वीप अपरेसन’ले पोखरेली जनतामा सुरक्षाको प्रत्याभूति गराएको छ । यदि प्रहरीले कुनै पनि राजनीतिक दबाबलाई चिर्दै र संगठनको दुरुपयोग हुन नदिई निष्पक्ष रूपमा यस्ता अभियान चलाउने हो भने पोखरा मात्र होइन, सिंगो देश नै अपराधमुक्त बन्न सक्छ । प्रहरीको यो सक्रियताले अपराधीहरूमा डर र आम नागरिकमा भरोसा पैदा गरेको छ, जुन सुन्दर र शान्त समाज निर्माणका लागि एक सकारात्मक प्रस्थानविन्दु हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन