
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ९ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय भेदभाव तथा छुवाछुत मुद्दामा ४ महिना १५ दिन कैद सजाय हुने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले सदर गरिदिएको छ।
उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो। उच्च अदालतले पनि अधिकारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला कायम राखेको छ।
के थियो घटना?
२०७९ साल पुस १८ गते पोखरा महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल भइरहेको थियो। सोही क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबीच विवाद उत्पन्न भएको थियो।
विवादका क्रममा अध्यक्ष अधिकारीले मैया नेपालीलाई जातीय विभेद हुने गरी अपमानजनक र अमानवीय शब्द प्रयोग गर्दै गाली गलौज गरेका थिए।
त्यसपछि मैया नेपालीले आफूमाथि भएको दुव्र्यवहार र जातीय विभेदविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। २०८० मंसिर ७ गते कास्की जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अधिकारीलाई दोषी ठहर गर्दै जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवाना र पीडित नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध वडा अध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ। अधिकारी २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन