
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, ५ वैशाख । जिल्ला अदालत कास्कीमा सहकारी ठगीमा संलग्न भएर धरौंटीमा रिहा भएकाहरुले धमाधम रोक्का बैंक खाता र सम्पत्ति फुकुवाको माग गर्दै कानुनी प्रक्रिया अघि बढाईरहँदा पीडितहरु झनैं अन्यायमा पर्ने देखिएको छ । बचतकर्ताको बचत सुनिश्चिता नगर्दै अदालतमा अर्को खेल सुरु हुन थालेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा मुख्य अभियुक्त गितेन्द्र बाबु राई (जीबी) की प्रेमिका लीला पछाई (मुद्दा ०८२-FN-१०३६) सहित चारजनाले रोक्का राखिएका बैंक खाता र सम्पत्ति फुकुवा लगायतको माग गर्दै जिल्ला अदालत कास्कीमा निवेदन दिएका छन् ।
जसमा गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ, संस्थाकी पूर्व कोषाध्यक्ष आरती गुरुङ र तदर्थ सञ्चालक समितिका उपाध्यक्ष कृष्णबहादुर गुरुङले रोक्का रहेका बैंक खाता, शेयर खाता, विमा खाता तथा जग्गा सम्पत्ति फुकुवा गर्न निवेदन दिएका हुन् ।
लीला पछाईले वैशाख २ गते अदालतमा निवेदन दिई मुद्दा प्रक्रिया अघि बढाइसकेकी छन् भने मीना गुरुङ, आरती गुरुङ र कृष्णबहादुर गुरुङले पनि सोही मागसहित निवेदन दिएका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा अदालतले यस्ता रोक्का सम्पत्ति फुकुवा गरेमा १८ हजार ७ सय बचतकर्ताको अर्बौं रुपैयाँ कसरी सुरक्षित र फिर्ता हुन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठको भनाई छ ।
सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष श्रेष्ठले भने–‘बचतकर्ताहरु अब झनै सचेत हुनुपर्ने देखिएको छ । भागेका कैदीहरु पक्राउ भएका छैनन् । जीबी राईको अत्तोपत्तो छैन । ६३ जनामा ५५ जना फरार छन् । संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरण जस्तो गम्भिर मुद्दामा अभियुक्तहरुलाई यसरी धमाधम रोक्का गरिएका खाता र सम्पत्ति फुकुवा अदालतले गरिदिए हामी पीडितहरुले न्याय खोज्न कहाँ जाने ?’प्रहरी अनुसन्धान र अभियोगपत्रअनुसार लीला पछाई जीबी राईको सामान्य कर्मचारीबाट प्रेमिका बन्दै सहकारीको ३ करोडभन्दा बढी रकम अपचलनमा संलग्न भइन् । उनको नाममा पोखरामा दुईवटा घर, ललितपुर खुमलटारमा घर, बुटवलमा जग्गा, गाडी, गरगहना र फिक्स्ड डिपोजिट छन् । जीबी राईसँग मिलेर उनले १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ क्रिप्टोकरेन्सी (बाइनान्स र भीट्याब्स) मा लगानी गरेको प्रहरीले फेला पारेको छ । पछाईले जीबी राईको मोबाइल बैंकिङ एप चलाएर, विश्वविक्रम राई मार्फत विदेशी डिजिटल वालेटमा रकम पठाएको बयान दिएकी छन् ।
यो प्रकरणमा कुल ६३ जनाविरुद्ध मुद्दा चलेको छ, जसमध्ये ५५ जना अझै फरार छन् । मुख्य अभियुक्त जीबी राईको विषयमा सरकार मौन छ भने लीला पछाईसहित चारै जनाले रोक्का सम्पत्ति फुकुवा गर्न खोजिरहेका छन् । अदालतले यस्तो माग स्वीकार गरे बचतकर्ताहरू झन् ठूलो मर्कामा पर्ने निश्चित छ । संस्थाको १ अर्ब ३५ करोडभन्दा बढी बचत अपचलन भएको प्रतिवेदन छ, जसमध्ये लीला पछाईबाट मात्र २ करोड ७५ लाखभन्दा बढी असुल गर्नुपर्ने र क्रिप्टो कारोबारबाट १८ करोड ४८ लाख असुल गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
लीला पछाई गुल्मी मुसिकोटकी ३२ वर्षीया महिला हुन् । उनी जीबी राईको संगतले विलासी जीवन बिताइरहेकी थिइन् । सहकारीबाट प्राइम बैंकमा ५० लाख, जीबीको खाताबाट १ करोड ५० लाख जम्मा भएको, स्वर्णलक्ष्मी सहकारीमा ५० लाख फिक्स्ड डिपोजिट गरेको र उक्त रकम घर–जग्गा, गाडी किन्न खर्च गरेको उनले बयानमा स्वीकारेकी छन् ।
अर्कोतर्फ, तदर्थ समिति र प्रारम्भिक सञ्चालक समितिमा रहेका मीना गुरुङ (पूर्व प्रदेश सांसद, मुद्दा ०८२-FN-०६०४), उनका बुबा कृष्णबहादुर गुरुङ (उपाध्यक्ष) र आरती गुरुङ (कोषाध्यक्ष)ले संस्थाको स्थापना कालमै १ करोड ५४ लाख ४९ हजार ८३६ रुपैयाँ अपचलन भएको अभियोग सामूहिक दायित्वमा परेको छ । उनीहरूको नाममा ५३ लाख ७६ हजार ३०८ रुपैयाँको दायित्व कायम छ ।
बचतकर्ताहरूले अब सचेत हुनुपर्ने समय आएको छ । यदि अदालतले ठगीको मुद्दा चलिरहेका व्यक्तिका खाता, शेयर, विमा र जग्गा फुकुवा गर्दै गयो भने सहकारी ठगीको यो ठूलो प्रकरणमा पीडित बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउने सम्भावना झन् क्षीण हुने देखिन्छ ।


१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन