
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ३ वैशाख । पोखराको मुख्य बजारमा खुँडा प्रहार गरी ४२ वर्षीया एकल महिला सिर्जना पौडेल केसीको हत्या गर्नुमा उनकै सौतेनी छोराको योजनामा परिवारका पाँच जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ।
गत २५ चैत साँझ सभागृह चोक नजिकै स्कुटरमा आएका दुई जनाले सिर्जनाको कन्चटमा खुँडा प्रहार गरी फरार भएका थिए। प्रहरीले घटनाको छोटो समयमै मुख्य अभियुक्तलाई पक्राउ गरी २७ चैतमा सार्वजनिक गरेको थियो।
खुँडा प्रहार गर्ने व्यक्ति सिर्जनाकै भान्जा २७ वर्षीय सन्तोष भनिने शिशिर केसी रहेको र स्कुटर चलाउने ३२ वर्षीय कुशल परियार सहयोगी भएको प्रहरीले जनाएको छ। पछि वैशाख १ गते थप दुई जनालाई पक्राउ गरिएको थियो-शिशिरका भाइ २४ वर्षीय वसन्त केसी (पर्वत कुश्मा घर भई पोखरा जिरो किलो बस्ने) र सिर्जनाका छोरीज्वाइँ २७ वर्षीय नवराज पौडेल क्षेत्री (पर्वत फलेवास घर भई पोखरा लामाचौर बस्ने)।
प्रहरीले सुरुमै यो घटना घरपरिवारभित्रै बुनिएको योजनामा भएको अनुमान गरेको थियो। पारिवारिक घटनाक्रम शंकास्पद थियो र अंश मुद्दा, बकसपत्र तथा सम्पत्ति विवादले परिवारमा ठूलो कलह थियो। सूक्ष्म अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकालेको छ कि यो हत्या कास्की जिल्ला कारागारमा रहेका सिर्जनाका सौतेनी छोरा गौरव केसीको योजनामा भएको हो।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘पारिवारिक पृष्ठभूमि, सम्बन्ध र घटनाको प्रकृति हेर्दा योजना कारागारभित्रैबाट बनेको प्रमाण भेटिएको छ। गौरवले ६ महिनाअघिदेखि नै हत्याको योजना बनाएको देखिन्छ।’
शिशिर केसी कारागार गएर गौरवसँग भेटेका थिए। गौरवले शिशिरलाई आफ्नो स्कुटर दिएर ‘जसरी हुन्छ गर, मैले जे गर्नुपर्छ तेरो लागि गर्छु’ भनेर हौस्याएको प्रहरी अनुसन्धानले देखाएको छ। वसन्तलाई पनि गौरवले ‘तँ नै गर्न सक्छस्, मार्न सक्ने तँ नै हो, जेल परे पनि म वकिल र व्यवस्था मिलाउँछु, तेरो जीवन म हेर्छु’ भनी उक्साएको बयान आएको छ।
यो विवाद सम्पत्ति बाँडफाँडबाट सुरु भएको थियो। सिर्जनाका श्रीमान् कृष्ण केसी (खसी कृष्णे भनेर चिनिने) ले खसीको मासु बेचेर जोडेको सम्पत्ति जेठी श्रीमतीतर्फका छोराछोरी (गौरव र शान्ति) को नाममा बकस गरिदिएका थिए। कृष्णकी जेठी श्रीमतीले एक दशकअघि विष सेवन गरी आत्महत्या गरेकी थिइन्। त्यसपछि ९ वर्षअघि कृष्णले सिर्जनासँग विवाह गरेका थिए।
सिर्जनासँग विवाह भएपछि परिवारमा कलह सुरु भयो। ४ वर्षअघि सिर्जनाबाट छोरी जन्मिएकी थिइन् भने ३ वर्षअघि कृष्णले पनि विष सेवन गरेर आत्महत्या गरे । काजकिरिया सकिने १३औं दिनमै ठूलो झगडा भएको थियो। सिर्जनाले बकस बदरको मुद्दा अदालतमा हालेकी थिइन् र केही फैसला उनको पक्षमा आएपछि तनाव झन् बढेको थियो।

१ महिनादेखि माईजु सिर्जना केसीको हत्या गर्ने योजना बनाएका भाञ्जा खुँडा बोकेर हिड्दै ।
गौरव र उनका परिवारले ‘सिर्जनाकै कारण आमाको ज्यान गएको र हामीले दुःख पाएको’ ठानेका थिए। यही रिस र प्रतिशोधले हत्याको योजना बनेको प्रहरीले जनाएको छ।
सिर्जना पृथ्वीचोक नजिकै नागढुंगामा जुत्ता पसल चलाउँथिन्। उनको ४ वर्षकी छोरी अहिले बिचल्लीमा परेकी छिन्। यो घटनाले एउटा होइन, आफन्तसहित तीन वटा परिवार नै तहसनहस भएको छ।

सिर्जनाको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका अभियुक्तहरु ।
प्रहरीले गौरवलाई कारागारबाट अदालतको अनुमति लिएर थप अनुसन्धानका लागि ल्याइसकेको छ। गौरव यसअघि पनि लागुऔषध र अभद्र व्यवहारका मुद्दामा परिसकेका थिए। अहिलेसम्म यो हत्यामा छोरा, भान्जा, ज्वाइँ र सहयोगी गरी पाँच जना संलग्न देखिएको प्रहरीले मुद्दा अघि बढाएको छ।
प्रहरी प्रमुख कार्की ले भनेका छन्, ‘पारिवारिक कलह र सम्पत्ति विवादले यति जघन्य अपराध निम्त्याउन सक्छ भन्ने यो घटनाले देखाएको छ। आमाको हत्या गर्न छोराले योजना बनाउने, भान्जाले खुँडा उध्याउने र परिवारका अन्य सदस्यहरू पनि संलग्न हुने—यो अत्यन्त दुःखद् विषय हो।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन