
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, १ वैशाख । पोखराको व्यस्त बजार क्षेत्रमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा सहयोगीको भूमिकामा रहेका थप दुईजना आफ्नै भाञ्जा र ज्वाईलाई प्रहरीले पक्राउ गरेको छ ।
सिर्जनालाई खुँडा प्रहार गर्ने सन्तोषका सहोदर भाइ पोखरा–५, जिरोकिमी बस्ने २४ वर्षीय बसन्त केसी र आफ्नै ज्वाई पर्वत फलेवास नगरपालिका वडा नं. ९ भंगारा स्थायी घर भई हाल पोखरा–१६, लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । हत्यामा संलग्न सन्तोषलाइ आफ्नै भाइ बसन्त र भाञ्जा नवराजले पोखराबाट भाग्ने क्रममा सहयोगीको भूमिका खेलेको भन्दैं प्रहरीले थप दुबैजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, गत चैत २५ गते साँझ ७ः१५ बजे पोखरा महानगरपालिका वडा नं. ८ सभागृह चोक नजिक शिवालय चोकस्थित पोखरा–बाग्लुङ सडक खण्डमा जुत्ता पसल बन्द गरेर पैदल घर फर्किँदै गरेकी ४२ वर्षीया सृजना पौडेल केसीमाथि पछाडिबाट खुडा प्रहार गरिएको थियो । टाउकोमा भएको प्रहारले टाउकाको भित्री भागसमेत बाहिर निस्कने गरी घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज पु¥याइए पनि राति ८:१८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो हत्या पारिवारिक अंश र सम्पत्ति विवादकै कारण योजनाबद्ध रूपमा गरिएको हो । मृतक सृजना ‘खसी कृष्णे’को नामले चिनिने मासु व्यापारी कृष्ण केसीकी दोस्रो श्रीमती थिइन् । कृष्णको पहिलो श्रीमतीको निधनपछि करिब ९ वर्षअघि विवाह भएकी सृजनाको श्रीमान् ३ वर्षअघि बितेपछि उनी ४ वर्षीया छोरीसहित एक्लै जीवन गुजार्दै थिइन् । अदालतबाट बकसपत्र सम्बन्धी मुद्दामा सृजनाकै पक्षमा फैसला भएपछि परिवारभित्र अंश र सम्पत्तिको कलह चर्किएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका वडा प्रहरी कार्यालयको संयुक्त टोलीले घटनास्थल नजिकका सीसीटीभी फुटेज, पारिवारिक पृष्ठभूमि र अन्य प्रमाण संकलन गर्दै अभियुक्तसम्म पुगेको थियो ।
पक्राउ पर्नेमा मृतकका भाञ्जा नाता पर्ने २७ वर्षीय शिशिर केसी (सन्तोष भन्ने) र उनका सहयोगी ३२ वर्षीय कुशलरत्न परियार रहेका छन् । शिशिर केसी पर्वतको कुश्मा नगरपालिका–११ शिल्मी घर भई हाल पोखरा–६ मा डेरा बस्दै आएका थिए भने कुशलरत्न परियार पोखरा–१७ रातोपैह्रो बस्ने छन् । शिशिरले खुडा प्रहार गरेको र कुशलले स्कुटरमा लगेर भगाउने मुख्य भूमिका खेलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अभियुक्तहरू दिउँसैदेखि सृजनाको पसल वरिपरि घुमेर उनको पिछा गरिरहेका थिए । घटनाका बेला उनीहरूले मास्क र हेल्मेट लगाएर स्कुटरको नम्बर प्लेट छोपेका थिए । घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङ चोकबाट र रगत लागेको खुडा (सेतो बोराले बेरिएको) पोखरा-१७ बिरौटा तितेपानी जङ्गलबाट बरामद गरिएको छ ।
शिशिर केसीलाई रुपन्देहीको बुटवल–२ मनकामना टोलबाट र कुशलरत्न परियारलाई पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ गरिएको थियो । शिशिर यसअघि अभद्र व्यवहार, चोरी तथा डाँका मुद्दामा संलग्न भएको र कुशल लागूऔषध मुद्दामा पटक–पटक पक्राउ पर्दै आएको प्रहरी रेकर्ड छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले दुवै अभियुक्तलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले पोखराको स्थानीय बजार क्षेत्रमा सुरक्षा चासो बढाएको छ भने पारिवारिक सम्पत्ति विवादले उब्जाएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरिएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन