
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट हुन्छ। प्रहरीको फरेन्सिक ल्याबमा हस्ताक्षर, मसी, अक्षर र मिति जाँच हुँदा वैज्ञानिक रूपमा कसले ठगी र किर्ते गरेको हो पत्ता लाग्छ र अपराधमा संलग्न कोही पनि जोगिन सक्दैनन्।’
पोखरा, ३० चैत । जिल्ला अदालत कास्कीमा अंश, घरेलु हिंसा र माना चामलसम्बन्धी मुद्दा चलिरहेको अवस्थामा डेढ वर्षपछि श्रीमानले नै श्रीमतीको बैंकको चेकबुक चोरी गरी किर्ते हस्ताक्षर गर्दै विभिन्न व्यक्तिलाई चेक बाँडेर श्रीमतीलाई फसाउने उद्देश्यले विभिन्न प्रपञ्चहरु गर्दै आईरहेको रहस्य खुलेको छ ।
पोखरा महानगरपालिका वडा नं. ७ शान्तिनगरचोककी कञ्चन सेडाईले आफ्ना श्रीमान् अनुप घर्ती जिसीले घरबाट चेकबुक चोरी गरी किर्ते हस्ताक्षरसहित विभिन्न व्यक्तिलाई चेक बाँडिरहेको सप्रमाण भेटेको दावी गरेकी छिन् । उनले चोरिएका चेकहरू तत्काल फिर्ता नगरे कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएकी छन् ।
कञ्चन सेडाईका अनुसार, २०८२ मंसिर १६ गते घरमा आफू नभएको मौका पारेर अनुप घर्ती जिसी शान्तिनगरचोकस्थित घरमा प्रवेश गरी दराजमा राखिएका प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र नबिल बैंकका तीनवटा चेकबुकहरू, सुनका गहना तथा नगद रकम चोरेर लगेका थिए।
चेकमा आफैंले रकम भर्ने, हस्ताक्षर गर्ने र विभिन्न मितिको बनाएर फरक–फरक व्यक्तिको नाममा काटिएका ती चेकहरु अदालतबाट लेनदेनको नाममा मुद्दा दर्ता गराएर कञ्चनलाई फसाउने योजना अनुसार नैं मिटरब्याजी र अवैध ढुकुटी लगायतका कारोबारमा संलग्न अनुपले चेक चोरी गरेका हुन् ।
त्यसैले यस्ता ठग र अपराधीहरू अदालतमा मुद्दा दर्ता गर्दा बर्ष र महिना मात्र खुलाउने गर्छन् । गते, बार वा समय भने कहिल्यै खुलाउँदैनन् ।
यस्तो अवस्थामा अदालतमा चोरिएका चेक लिएर लेनदेन दावी गर्न आउनेहरुका विरुद्धमा सबैभन्दा पहिला त्यो चेक प्रयोगशालामा परिक्षणका लागि पठाउने हो भने सबै रहस्य खुल्नेछ । प्रयोगशालाको परीक्षण (फरेन्सिक/इंक/पेपर परीक्षण) बाट चेक चोरिएको मंसिर महिनामा नैं यी सबै चेकहरु काटिएका हुन् भन्ने पुष्टि हुन सक्छ।
यस घटनामा ठगी गर्नेहरुले जति पनि ‘हाम्रो कारोबार थियो’ भनेर दावी गर्नेछन्, उनीहरु मंसिर महिनाको चेक चोरी भएपछि मात्र उनीहरु बैंकमा पुगेको देखिनेछ । त्यसभन्दा अघि राखिएको कुनै पनि मितिमा उनीहरु एक पटक पनि बैंकको पुष्टि गर्न सक्ने छैनन् । त्यस्तै, मंसिर महिना अघि मिति राखिएको भए पैसा दिएन भनेर प्रहरी वा सम्बन्धित निकायमा यस्ता व्यक्तिहरुले कहिल्यै उजुरी गरे कि गरेनन् ? यसबाट पनि धेरै तथ्य बुझ्न सकिन्छ ।
यो बिचमा चेक साटिएन भनेर वा पैसा चाहियो भनेर ती व्यक्तिले कतिपटक फोन सम्पर्क वा म्यासेज गरे, कति पटक कुरा भयो वा भएन ? यसले पनि किर्ते कारोबारको यर्थाथता बाहिर ल्याउन मद्दत गर्दछ । यो ठगीमा संलग्नहरुले चेक बल्ल मंसिर महिनामा मात्र पाएको तथ्यले उनीहरुको ‘अघिको कारोबार’को दावीलाई झुटो साबित गर्नेछ ।
जसजसले लाखौं रुपैयाँ नगदैं हामीले दिएका हौं भनेर दावी गर्न आउँलान्, उनीहरुले भनेको दिनको बैकिङ कारोबार, त्यो दिइएको भनिएको पैसाको श्रोत, कञ्चनका श्रीमान् अनुप र लेनदेनको मुद्दा दर्ता गर्ने बिच मंसिर यताबाटको कल डिटेल हेर्ने हो भने पनि सबै तथ्य छर्लङ्ग हुने निश्चित छ ।
‘चोरिएका चेकहरू लिएर ठगी गर्न खोज्ने व्यक्तिले न त सोझै बैंकमा गएर चेक साट्न सक्छ, न त पैसा नदिएको भन्दै प्रहरीमा उजुरी गर्न सक्छ,’ एकजना कानुन व्यवसायीले भने, ‘यदि प्रहरीमा उजुरी गरेमा ठगीको विषय भण्डाफोर हुने र कारोबारको मिति, ठाउँ तथा रकमको स्रोतबारे अनुसन्धान हुन्छ। त्यसैले यस्ता व्यक्तिहरू अदालतलाई गुमराहमा पारेर मुद्दा अघि बढाउने प्रयास गर्छन्। तर प्रहरीले वरपरका सिसीटीभी फुटेज हेर्ने, लेनदेनको प्रमाण खोज्ने प्रक्रियाले यस्ता ठगीका मुद्दा छिट्टै उजागर हुन्छन्।’
त्यसैले यस्ता ठग र अपराधीहरू अदालतमा मुद्दा दर्ता गर्दा बर्ष र महिना मात्र खुलाउने गर्छन् । गते, बार वा समय भने कहिल्यै खुलाउँदैनन् । किनभने यति गते यति बजे भन्नेबित्तिकै सो समयमा चेक लिने र रकम दिने व्यक्तिहरु त्यहाँ थिए कि थिएनन् भन्ने तथ्य सजिलै पुष्टि हुन सक्छ ।
न्यायाधीशहरूले यस्ता मुद्दा पहिलो नजरमै किर्ते र ठगी भएको बुझ्न कुनै समस्या हुँदैन । यसबाट चेक चोरी गरी गरिने कारोबारको एउटा महत्वपूर्ण पक्ष स्वतः उजागर हुन्छ ।

घरबाट चेक चोरी भएको थाहा पाएपछि कञ्चन सेढाईले ‘आदर्श समाज राष्ट्रिय दैनिक’मा प्रकाशित ‘सूचना’ ।
घटना बाहिर आउनुको मुख्य कारण एक दिदीबाट फोनमार्फत प्राप्त सूचना रहेको उनले बताइन् । ‘तिम्रो बुढाले तिम्रो नामको चेक विभिन्न मान्छेलाई दिएर किर्ते हस्ताक्षर गर्दै रकम भराउँदैछन्, सचेत रहनु’ भन्ने सूचना पाएपछि उनी तत्काल जिल्ला प्रहरी कार्यालय कास्की र तीनवटै बैंकमा पुगेर खाता रोक्का गराउनुका साथै चोरीको जाहेरी दिएकी थिइन् ।
पछिल्लो समय अनुप घर्ती जिसी र एक चेक लिने व्यक्तिबीचको गोप्य अडियो रेकर्ड समेत बाहिर आएको छ। उक्त अडियोमा अनुप घर्तीले चेक लिएका व्यक्तिलाई प्रहरी वा अदालतमा के भन्ने, के नभन्ने विषयमा निर्देशन दिइरहेको सुनिन्छ। चेक चोर्ने र चेकमा भरिएको रकम दावी गर्ने बिचको अडियो रेकर्ड डन न्यूजसँग सुरक्षित छ ।
अडियोमा अनुप घर्तीले किर्ते गरेर चेक दिएका व्यक्तिसँग ‘तपाईं कहाँ हुनुहुन्छ ? घरमैं हो, बुझ्नु भयो नि कुरा, सबै कुरा बुझ्नु भयो, त्यही अनुसार गर्नु” भन्दै प्रहरी वा अदालतमा के भन्ने भनेर निर्देशन दिइरहेको देखिन्छ। उता चेक लिएका व्यक्तिले “ठगीमा मुद्दा चलाउँछु भनेका छन् प्रहरीले, के गर्ने, म त फसे नि ?’ भनेका छन्।

अनुप घर्तीले केही दिन अघिमात्र आफ्नै घरमा भाडामा बसेकी युवतीमाथि यौनहिंसा र अभद्र व्यवहार गरेपछि प्रहरी थुनामा दुई साता भन्दा बढि बसी धरौंटीमा रिहा भएका थिए भने सुनार चोरीको सुनका गहना किनबेच र धारिलो हतियार प्रयोग गरी लुटपाट गरेको मुद्दामा थुनामा सजाय भोगेर फर्किएका अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। तस्विर एआई
अनुप घर्ती जिसी पटक–पटक अभद्र व्यवहारमा प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन् भने राजु सुनार (पोखरा–९ स्थायी घर भई हाल पोखरा–३ बस्ने) चोरी तथा डाँका मुद्दाका पटके हुन् । अनुप घर्ती जिसी २०८२ माघ ३ गते बिहान ८:०० बजे घरभाडामा बस्ने १८ वर्षीय आरती बिकमाथि यौनजन्य हिंसा गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको थियो । आरती बिकले वडा प्रहरी कार्यालय बैदाममा २०८२ माघ ४ गते अभद्र मुद्दामा (मुद्दा नं.२२९) जाहेरी दिएपछि १२ दिन थुनामा रही १० हजार धरौंटी जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएर घर्ती रिहा भएका थिए ।
कञ्चन सेडाईले ‘आदर्श समाज’ राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी चेक लिएकाहरूलाई तत्काल फिर्ता गर्न अनुरोध गरेकी थिइन् । तर पनि चेक बाँडिने क्रम जारी रहेको उनको भनाइ छ। ‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट हुन्छ। प्रहरीको फरेन्सिक ल्याबमा हस्ताक्षर, मसी, अक्षर र मिति जाँच हुँदा वैज्ञानिक रूपमा कसले ठगी र किर्ते गरेको हो पत्ता लाग्छ र अपराधमा संलग्न कोही पनि जोगिन सक्दैनन्।’

अनुप घर्ती जिसीको भने सपरिवार नैं मिटरब्याज, ढुकुटी र अवैध सुनका गरगहना राखी चर्को मिटरब्याजमा कारोबार गर्ने धन्दामा संलग्न छन् । (तस्विरमा मिठुकुमारी घर्ति जिसी, झपटबहादुर घर्ति जिसी र अनुप घर्ति जिसी) । फाईल तस्विर
जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको छ। किर्ते हस्ताक्षर गरी चोरिएको चेक लिएका राजु सुनारलाई प्रहरीले सोधपुछ र छानबिन गरिरहेको छ। अनुप घर्ती जिसीको भने सपरिवार नैं मिटरब्याज, ढुकुटी र अवैध सुनका गरगहना राखी चर्को मिटरब्याजमा कारोबार गर्ने धन्दामा संलग्न छन् ।
नेपाल प्रहरीको अपराध रेकर्ड प्रणाली (CRS) अनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा नं. ७१ मा कल्पना लामिछानेको जाहेरीका आधारमा २०८१ साउन १६ गते सुनार पक्राउ परेका थिए। उनले लामिछानेको घरमा धारिलो हतियार देखाई लुटपाट गरेको आरोप छ। सुनार चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट २०८१ भदौं १२ गते ४ लाख धरौंटीमा रिहा भएका थिए ।
सुनारले केही वर्षअघि पोखरा–५, पस्र्याङमा सुन पसल चलाएपनि चोरीका सुन किन्ने, अवैध कारोबार गर्ने र सुन राखेर मिटरब्याजमा कारोबार गर्ने गिरोहसँग संलग्न भएपछि उनको व्यवसाय पनि बन्द भईसकेको छ । पोखरा–७, मासबारमा माधवप्रसाद बरालको घरमा डेरा गरी बस्ने शंकर र शारदा श्रेष्ठको कोठाबाट चोरी भएका सुनका गरगहना यिनै सुनारले किनबेच गर्दा प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । वडा प्रहरी कार्यालय बैदाममा पीडित शारदा श्रेष्ठले २०७७ जेठ १३ गते चोरी तथा डाकाँ मुद्दामा (दर्ता नं. ३५४) मा जाहेरी दिएपछि प्रहरीले राजु सुनारसहितको टोलीलाई पक्राउ गरेको थियो ।
त्यसैगरी, नेपाल प्रहरीको अपराध रेकर्ड प्रणाली (CRS) अनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा नं. ७१ मा कल्पना लामिछानेको चोरी तथा डाँका मुद्दाको जाहेरीका आधारमा २०८१ साउन १६ गते सुनार पक्राउ परेका थिए। उनले लामिछानेको घरमा धारिलो हतियार देखाई लुटपाट गरेका थिए । सुनार चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट २०८१ भदौं १२ गते ४ लाख धरौंटीमा रिहा भएका थिए ।बारम्बार पक्राउ पर्दै आए पनि सुनारले आफ्नो आपराधिक गतिविधि भने निरन्तर जारी राखेका छन्।
लागूऔषध तथा रक्सी अत्याधिक सेवन गरेर पटक–पटक हिंसा र ज्यान मार्ने कोसिस गरिरहेको यो परिवारले पछिल्लो समय जिल्ला अदालत कास्कीमा चलेको अंश मुद्दालाई समेत असफल तुल्याउन विभिन्न व्यक्तिका नाममा किर्ते गर्दै चेक बाँड्ने काम गरिरहेका छन् । भर्खरैं मात्र पोखराको सभागृहचोकमा घटेको घटनालाई हेर्दै यसतर्फ समय छँदैं प्रहरी प्रशासनले सही कदम नचाल्ने हो भने यस्तैं विवाद र घटनाहरुबाट अनाहकमा निर्दोष व्यक्तिले आफ्नो प्राण गुमाउनु पर्ने अवस्था नआउँला भन्न सकिन्न ।
*राजु सुनारको नेपाल प्रहरीको क्राईम रेकर्डस् सिस्टम (CRS)अनुसार चोरी तथा डाँका सम्बन्धि मुद्दा थप गरिएको र प्रहरी थुनामा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन