
१उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
३कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
४लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
५कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
६आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
७पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
८एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
पोखरा, १७ चैत । पर्यटकीय नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकै एउटा पुरानो घरमा सोमबार राति अर्कै खालको ‘उत्सव’ चलिरहेको थियो। रात छिप्पिँदै जाँदा जंगलमा बत्ती बल्न थाल्यो, ठूलो संगीत गुन्जिन थाल्यो र युवायुवतीको जमात झुम्न सुरु भयो। त्यहाँ मादक पदार्थ र विभिन्न लागूऔषधको खुल्ला प्रयोग भइरहेको थियो। सम्बन्धका कुनै सीमा थिएनन्—एकअर्कासँग नजिकिँदै, अँगालो हाल्दै युवाहरू रमाइरहेका थिए।
तर, त्यही बेला प्रहरीको टोली अकस्मात् पुग्यो। एकाएक माहौल तनावपूर्ण बन्यो। प्रहरीका अनुसार यो ट्रान्स पार्टी थियो, जसलाई नेपालमा अवैध मानिन्छ। कम्तीमा ७२ घण्टासम्म चल्ने तयारीमा रहेको उक्त पार्टी पहिलो दिन नै प्रहरीको निगरानीमा परेको थियो। गोप्य रूपमा सञ्चालन गरिएको उक्त जमघटमा ब्राजिल, भारत र नेपालका युवायुवती सहभागी थिए।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी बैदाम र लागूऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोली राति साढे १ बजे पार्टी स्थलमा पुगेको थियो। प्रहरी पुग्दा विदेशी तथा नेपाली युवायुवती लागूऔषधको नशामा रमाइरहेका थिए। त्यहाँबाट प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये १२ जनाविरुद्ध मुद्दा चलाउने प्रहरीको तयारी छ भने बाँकी २६ जनालाई सोधपुछपछि छाडिएको छ। मुद्दा चलाइएकामा भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा रहेका छन्। यस्तै पोखराका विशाल परियार, आशिष दर्जी, बमेन्द्र पुन, दाङका सौरभ महरा, काठमाडौँका निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार, लोकबहादुर घर्तीमगर (सौरभ) र ब्राजिलका ४८ वर्षीय चाल्र्स गुवाइवा पनि मुद्दा चलाइने सूचीमा छन्।

अवैध ट्रान्स पार्टीबाट प्रहरीले बरामद गरेका लागूऔषध र सामाग्रीहरु ।
प्रहरीले घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन जस्तो सेतो धुलो, खैरो हेरोइन जस्तो पदार्थ, आइस (एम्फेटामिन जस्तो), गाँजा, म्याजिक मसरुम, एलएसडी (कागज र तरल रूपमा) लगायत विभिन्न लागूऔषध बरामद गरेको जनाएको छ। प्रहरी टोली पुग्दा केही बेर विवाद पनि भएको थियो।
ट्रान्स पार्टी भनेको साइकेडेलिक ट्रान्स म्युजिकमा आधारित इलेक्ट्रोनिक डान्स पार्टी हो, जसमा युवाहरू ट्रान्स (उन्माद) को अवस्थामा पुग्ने प्रयास गर्छन्। यो १९६० को दशकमा भारतको गोवाबाट सुरु भएको मानिन्छ र अहिले विश्वका विभिन्न देशमा प्रचलित छ। नेपालमा भने यो मुख्य रूपमा पर्यटकीय क्षेत्रमा विदेशी र स्थानीय युवाहरूबीच गोप्य रूपमा आयोजना हुने गरेको छ।
पोखरामा यसअघि पनि यस्ता पार्टीहरू हुँदै आएका थिए। सन् २०१९ (२०७५ चैत) मा खहरे क्षेत्रबाट ४४ जना नेपाली र विदेशी पक्राउ परेका थिए। त्यसभन्दा पहिले २०६९ सम्म फूलबारी रिसोर्टमा नै यस्ता पार्टी हुने गरेको तथ्य सार्वजनिक भएको थियो। हालैका वर्षमा पोखराको विभिन्न जंगल क्षेत्र, चापाकोट, साथै ललितपुरको गोदावरी जस्ता ठाउँमा पनि यस्ता घटना सार्वजनिक भएका छन्।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा