
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
बागलुङ, १६ चैत । नक्कली नोट कारोबारको आशंकामा बागलुङका एक अधिवक्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–२ घर भई सदरमुकाम बागलुङमा बस्दै आएका अधिवक्ता यामबहादुर चर्माकार रहेका छन् ।
प्रहरीका अनुसार, साताअघि बागलुङ बजारका तीनवटा बैंकमा एकैसाथ एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए । ती नोटमा एउटै सिरियल नम्बर (झ ७९१६९०३३) प्रयोग गरिएको थियो । बैंकका कर्मचारीले नोटको कागजको गुणस्तर कमजोर, राष्ट्रिय फूल र सुरक्षा चिह्नमा असंगति देखिएपछि तुरुन्तै प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरीले खोजी अभियान थालेको थियो ।
अनुसन्धानका क्रममा चर्माकारको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनको साथबाट पनि केही नक्कली नोट बरामद भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार, उनले मेडिकल पसलमा नक्कली नोट दिएर औषधि खरिद गरेको पनि पाइएको छ । बजारमा भेटिएका र उनको साथबाट बरामद भएका गरी कुल १८ थान नक्कली नोट फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अनुसन्धानले अझै थप कुरा पत्ता लगाउन बाँकी रहेकोले अहिलेलाई शंकास्पद गतिविधि देखिएकाले नियन्त्रणमा लिइएको र नक्कली नोट कहाँबाट छापिएका हो, पक्राउ परेको व्यक्तिसहित अरु को-को संलग्न छन् खोजी भईरहेको छ ।
चर्माकार दुई महिनाअघि मात्र जेलबाट छुटेर बागलुङ फर्किएका थिए । सरकारी कागजात किर्ते गरेको अभियोगमा भैरहवाबाट पक्राउ परेका उनी दुई वर्षदेखि बागलुङमा थिएनन् । झन्डै डेढ दशकदेखि कानुन व्यवसाय गर्दै आएका चर्माकारमाथि यसअघि पनि दलित छात्रवृत्ति रकम हिनामिना गरेको र मुद्दाका पक्षहरूलाई आर्थिक दबाब दिएर चर्को शुल्क असुलेको आरोप लाग्ने गरेको थियो । सरकारी कागजात किर्तेको मुद्दामा भने उनले अझै सफाइ पाइसकेका छैनन् ।
आइतबार जिल्ला अदालत बागलुङले उनलाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ । प्रहरीले बिहीबार नै नियन्त्रणमा लिए पनि आइतबार मात्र सार्वजनिक रूपमा जानकारी गराएको थियो ।
यो घटनाले बागलुङ बजारमा नक्कली नोटको कारोबार हुन सक्ने आशंकालाई बढाएको छ । प्रहरीले स्थानीय व्यापारी, बैंक तथा सर्वसाधारणलाई नोटको सुरक्षा चिह्न जाँचेर मात्र लेनदेन गर्न आग्रह गरेको छ । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन