
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, १३ चैत । जग्गा खरिद–बिक्री सम्बन्धी विवादमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा–५, मालेपाटन घर भएका ७० वर्षीय छवि सुवेदी ‘विजय’ भनेर चिनिने छविलाल सुवेदीलाई पक्राउ गरेको छ । छविलाल पर्वत जिल्लाको कुश्मा १२, ठुलीपोखरीका स्थायीवासिन्दा हुन् । उनले त्यहाँ पनि धेरै मानिसहरुलाई पीडित बनाएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ५ की पार्वती कुमारी शर्माले दिएको जाहेरीका आधारमा प्रहरीले सुवेदीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरेको हो । सुवेदीले आफूले बेचिसकेको जग्गामा पुनः दाबी गर्दै सामाजिक सञ्जाल, युट्युब र अन्य माध्यमबाट निरन्तर भ्रामक प्रचार गरी पार्वती (पीडित)लाई मानसिक तथा सामाजिक यातना दिइरहेको आरोप छ ।
२०७१ भदौं २४ गते छविलाल सुवेदीले पोखरा महानगरपालिका वडा नं. १८ मा रहेको कि.नं. ४४५ र ४४७ का दुई कित्ता जग्गा पार्वती कुमारी शर्मालाई मालपोत कार्यालय कास्कीबाट कानुनी रूपमा बिक्री गरेका थिए । जग्गा बिक्री भएको १ १ वर्षपछि सुवेदीले विभिन्न कानुनी उपचार खोज्दै अदालतसम्म पुगे पनि सर्वोच्च अदालतबाट समेत हार बेहोरेका थिए । त्यसपछि पनि उनले जग्गा हडप्ने प्रयासस्वरूप विभिन्न संघसंस्थाका नाममा ब्यानर तथा झण्डा गाड्ने, फोन मार्फत धम्की दिने जस्ता गतिविधि गर्दै आईरहेका थिए ।
पछिल्लो समय पार्वती शर्माले उक्त जग्गा बेच्न खोज्दा छविलाल सुवेदी र उनकी श्रीमती लक्ष्मी सुवेदीले फेसबुक म्यासेन्जर, आफ्नो युट्युब च्यानल र अन्य सामाजिक सञ्जालमा ‘जग्गा किन्न आएमा रकम डुब्छ, फसिन्छ’ जस्ता भ्रामक सन्देश फैलाएर खरिदकर्ताहरूलाई भड्काएको र पार्वती शर्माको चरित्र हत्या गरेको जाहेरीमा उल्लेख छ । यसले गर्दा आफूलाई मानसिक रुपमा विक्षिप्त र सामाजिक रूपमा बदनाम हुन पुगेको पार्वतीले बताईन् ।
पार्वतीले जिल्ला प्रहरी कार्यालयमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, ४८ र ४९ बमोजिम जाहेरी दर्ता गरेकी छिन् । जाहेरीमा उनले दोषीहरूलाई कानुनबमोजिम हदैसम्मको सजाय तथा क्षतिपूर्ति दिलाई पाउँ भनी माग गरेकी छन् । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान गर्दै छविलाललाई ९ दिन अघि यहीं चैत ४ गते पक्राउ गरेको हो ।
छविलाल सुवेदीलाई स्थानीय स्तरमा मिटरब्याज (अनुचित लेनदेन) र ठगी धन्दामा संलग्न रहेको आरोप लाग्दै आएको छ । पार्वती शर्माको जाहेरीपछि अन्य पीडितहरू पनि प्रहरी कार्यालय पुगेर आफू ठगिएको गुनासो गर्न थालेका छन् । ती पीडितहरूले सुवेदीबाट ठगिएका थप घटनाहरूको सत्यतथ्य बाहिर ल्याई कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ । यो घटना जग्गा विवादलाई लिएर सामाजिक सञ्जालको दुरुपयोग भएको एक उदाहरण बनेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन