
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, १ चैत । बजारमा एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताको गुनासो बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको अनुगमनमा एउटा ग्यास डिलरले सिलिन्डर लुकाएर राखेको र अवैध रूपमा ग्यास सार्ने गरेको फेला परेको छ। यस घटनामा संलग्न पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
शनिबार संयुक्त अनुगमन टोलीले गरेको छड्के जाँचका क्रममा भण्डारी ट्रेडर्समा ४८ थान ठूला (१४.२ केजी) भरिएका ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्था भेटिएको थियो। साथै, एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात समातिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए। अनुगमन टोलीमा जिल्ला प्रशासन, प्रहरी, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्काल कारबाही गर्दै ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना तोकिएको हो। अनुगमनमा थप ३८ थान साना (९ केजी) सिलिन्डर पनि अनुचित तरिकाले व्यवस्थापन गरिएको पाइएको थियो। प्रशासनले भेटिएका सबै सिलिन्डरलाई ’पहिले आउनेलाई पहिले सेवा’का आधारमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।
यसैबीच, ग्यास आपूर्ति सहज बनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। अब ग्यास उद्योग तथा बिक्रेताले दैनिक प्राप्त र बिक्री भएको परिमाणको अभिलेख राखेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ।
बैठकले ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकतामा न्यूनतम परिमाण ग्यास वितरण गर्न बिक्रेतालाई निर्देशन दिएको छ। साथै, ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र भएका व्यवसायीले मात्र वितरण गर्न र बोतल/जर्किनमा खुला पेट्रोलियम पदार्थ बिक्री नगर्न चेतावनी दिइएको छ। एलपी ग्यासमा निर्भरता घटाउन विद्युतीय चुल्हो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध पनि गरिएको छ।
प्रशासनले आगामी दिनमा यस्ता कालोबजारी र कृत्रिम अभावका घटना रोक्न अनुगमनलाई थप कडाइका साथ अगाडि बढाउने जनाएको छ। यो कारबाहीले उपभोक्ता संरक्षणमा प्रशासनको प्रतिबद्धता देखाएको छ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन