
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
धादिङ, ११ फागुन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडा नजिकै सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कुल १९ मृतकमध्ये ९ जनाको सनाखत भएको छ। पहिचान खुलेकाहरूमा एक विदेशी नागरिकसहित निम्नानुसार छन् :
स्टेवार्ट डोमिनिक इथान (२४ वर्षीय बेलायती नागरिक)
विवेक बास्तोला (करीब ४० वर्षीय, कास्की पोखरा महानगरपालिका–३०)
चन्द्रबहादुर कुँवर (६३ वर्षीय, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने)
ओम कुमार मल्ल (४० वर्षीय, तनहुँ व्यास नगरपालिका–४)
इन्जिनियर ठकुरी (३० वर्षीय, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४)
विष्णुमाया ढकाल (५५ वर्षीया, तनहुँ शुक्लागण्डकी नगरपालिका–७)
लोपसाङ गोले (४२ वर्षीय, काठमाडौं बौद्ध टुसाल)
हरिप्रसाद सिग्देल (४५ वर्षीय, तनहुँ भिमाद नगरपालिका–६)
नविन श्रेष्ठ (५५ वर्षीय, पाल्पा तानसेन नगरपालिका–२)
बाँकी १० मृतक (७ पुरुष र ३ महिला)को पहिचान अझै खुलेको छैन। तीमध्ये एक पुरुषको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो।
बसमा चालकसहित २९ पुरुष र १५ महिला गरी कुल ४४ जना सवार थिए। दुर्घटना राति करिब १:१५ बजे भएको थियो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली र स्थानीयको सहयोगमा उद्धार कार्य तत्काल सुरु गरिएको थियो।
दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुरुमा मलेखु, टिचिङ अस्पताल मलेखु र धादिङबेंसी अस्पतालमा राखिएका घाइतेहरूमध्ये गम्भीर अवस्थाका १४ जनालाई राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं, १० जनालाई नेशनल मेडिकल कलेज कलंकी र १ जनालाई टिचिङ अस्पताल मलेखुमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन