
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, ७ माघ । विशेष अदालतले पोखरा महानगरपालिकाका सातौं तहका अधिकृत कपिल गिरीलाई घुस लिएको अभियोगमा १ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । साथै, उनले पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्नेछ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार यो फैसला गरेका हुन् ।
गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा टोलीले गत वर्ष चैत ७ गते न्यूरोडबाट २५ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको थियो। उनी महानगरको उजुरी फछ्र्योट तथा समन्वय शाखामा कार्यरत थिए। नगरपालिकाका कर्मचारीलाई ‘अख्तियारमा परेको उजुरी र प्रमाणहरू मेटाइदिन्छु, सबै मिलाइदिन्छु’ भन्दै सुरुमा १ लाख मागेका उनले २५ हजार लिएकै बेला पक्राउ परेका थिए। मुद्दा गत वैशाख ९ मा दायर भएको थियो।

पोखराको न्यूरोडबाट अधिकृत कपिल गिरीलाई घुस रकमसहित पक्राउ गर्दै अख्तियारको टोली । फाईल तस्विर
पोखरा महानगरपालिकामा घुसखोरीका घटना नौला होइनन्। पछिल्ला केही वर्षयता यहाँका कर्मचारीहरू बारम्बार घुस रकमसहित पक्राउ पर्दै आएका छन्। अधिकांश अवस्थामा प्रारम्भिक हल्लाखल्लापछि “उच्च तहको सेटिङ” मार्फत मुद्दा कमजोर बन्दै सफाइ पाउने गरेको विगतको रेकर्ड छ।
यही सन्दर्भमा सबैभन्दा ठूलो र विवादास्पद प्रकरण भने मेयर धनराज आचार्यले मणिपाल शिक्षण अस्पताललाई दिएको करिब २० करोड रुपैयाँको राजस्व छुट हो। कार्यपालिका बैठकको माइन्युटमा किर्ते गरी १९ करोड ८१ लाख रुपैयाँ छुट दिने निर्णय गरिएको भन्दै अख्तियारले छानबिन अघि बढाएको छ। आयोगको टोलीले महानगर कार्यालयमै छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। यो प्रकरणमा मेयर आचार्यसहित केही जनप्रतिनिधि र कर्मचारीमाथि अनुसन्धान भइरहेको छ।
सूचना स्रोतका अनुसार यो मुद्दालाई प्रभावित पार्न मेयर आचार्य र मणिपाल सञ्चालकहरूको टोली पटक–पटक काठमाडौं धाइरहेको चर्चा चलिरहेको छ । पोखरा महानगरमा यस्ता घटनाहरू दोहोरिँदा सुशासनको अवस्था गम्भीर रूपमा खस्किएको स्पष्ट हुन्छ। जनप्रतिनिधि र कर्मचारी तहमा नै भ्रष्टाचार मौलाउँदा विकास निर्माण र सेवा प्रवाहमा गम्भीर असर परिरहेको छ।
अख्तियार र विशेष अदालतले देखाएको कडाइले केही आशा जगाए पनि “सेटिङ” को संस्कृति नतोडिएसम्म यस्ता घटना रोकिने छाँट देखिँदैन। पोखराका मेयर नैं यसरी ठुलो आर्थिक घोटालामा संलग्न भएपछि अन्य कर्मचारीहरुले गरेको हर्कत सामान्य झैं देखिएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन