
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
जाजरकोट, १६ पुस । जाजरकोटको बारेकोट गाउँपालिका–८ मा अवैध रूपमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एक व्यक्तिको मृत्यु भएको छ। यो दुर्घटनापछि प्रहरीले घटनास्थल नजिकै लुकाएर राखिएका अवैध हतियार बरामद गर्दै ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, पुस १३ गते बिहान करिब ९ बजेतिर बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जनाको समूह जंगलमा सिकार खेल्न गएको थियो। सिकारका क्रममा प्रचण्डदेवको आफ्नै भरुवा बन्दुक अचानक पड्किएर गोली लागेको थियो। घाइते सिंहलाई उपचारका लागि स्थानीय अस्पताल लगिए पनि बिहान सवा ९ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ। घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा घटनास्थल नजिकै खाल्डो खनेर लुकाइराखिएको अवस्थामा अवैध हतियार तथा सामग्री फेला परेको प्रहरी सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिएका छन् ।
प्रहरीले भरुवा बन्दुक ३ थान, फलामको चक्कु २ थान, बारुदजस्तो देखिने कालो धुलो पदार्थ (प्लास्टिकको डिब्बामा) करिब १३५ देखि २३४ ग्राम, बन्दुकमा प्रयोग हुने धातुका गोलीका टुक्रा २१ थान र केप (क्याप) ८ देखि ११ थान बरामद गरेको छ ।
प्रहरीले बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह लाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए