
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २६ मंसिर । पोखरामा रक्सी पिउने क्रममा भएको झगडाले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई मुख्य आरोपीलाई घटना भएको २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ।
मंसिर २५ गते बिहान सवा सात बजेतिर पोखरा महानगरपालिका–१२ ढिकालेथरको शिव मन्दिर नजिकै एक पुरुषको शव फेला परेको सूचनापछि प्रहरीको टोली तुरुन्त घटनास्थल पुगेको थियो। अनुसन्धानमा मृतकको पहिचान पोखरा–१६ का स्थायी बासिन्दा तर हाल वडा नं. १० रामघाटमा बस्ने ६० वर्षीय रमेश सुनार भएको पुष्टि भयो। उनको टाउको र अनुहारमा ढुंगाले हानेको जस्ता गम्भीर चोटहरू थिए । प्रहरीले चोटहरु हेर्दा हत्या नैं भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीको प्राविधिक टोली र तालिमप्राप्त कुकुरको सहयोगमा गरिएको तीव्र अनुसन्धानले घटनाको पर्दाफास गरेको छ। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का स्थायी बासिन्दा तर हाल पोखरा–११ फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी र पाल्पाको रामपुर नगरपालिका–४ का स्थायी बासिन्दा तर हाल पोखरा–१० मा बस्ने ३८ वर्षीय कृष्णबहादुर थापा (भुजेल) रहेका छन्। उनीहरूलाई मंसिर २६ गते कास्की जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।
अनुसन्धानबाट खुलेको तथ्यअनुसार मृतक रमेश सुनार र दुवै आरोपी पुराना साथी थिए। उनीहरू ज्यालामजदुरी गर्थे र प्रायः रातको समयमा रक्सी लिएर एकान्त ठाउँमा बसेर पिउने गर्दा रहेछन्। मंसिर २४ गते राति पनि तीनै जना घटनास्थल नजिकको एकान्तमा बसेर रक्सी पिइरहेका थिए। रक्सीकै मातमा सामान्य विवाद झगडामा परिणत भयो।
झगडा चर्किएपछि कृष्णबहादुर भुजेलले हातमुठी र ढुंगाले रमेशको टाउकोमा निर्मम प्रहार गरे। रमेशको मृत्यु भएपछि हरिरामको सहयोगमा शवलाई घटनास्थलबाट केही तल झाडीमा लगेर फालिदिए र दुवै फरार भए।
प्रहरीले घटनास्थलबाट आरोपितहरूको चप्पल एक जोर, टोपी एक थान र हत्यामा प्रयोग भएको ढुंगा बरामद गरेको छ। कृष्णबहादुरलाई मंसिर २५ गते दिउँसो २ बजेतिर पोखरा–१० बाट र हरिरामलाई मंसिर २६ गते बिहान १ बजेतिर वडा नं. १२ सरस्वती स्कुल नजिकैबाट पक्राउ गरिएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन