
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २६ मंसिर । पोखरामा रक्सी पिउने क्रममा भएको झगडाले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई मुख्य आरोपीलाई घटना भएको २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ।
मंसिर २५ गते बिहान सवा सात बजेतिर पोखरा महानगरपालिका–१२ ढिकालेथरको शिव मन्दिर नजिकै एक पुरुषको शव फेला परेको सूचनापछि प्रहरीको टोली तुरुन्त घटनास्थल पुगेको थियो। अनुसन्धानमा मृतकको पहिचान पोखरा–१६ का स्थायी बासिन्दा तर हाल वडा नं. १० रामघाटमा बस्ने ६० वर्षीय रमेश सुनार भएको पुष्टि भयो। उनको टाउको र अनुहारमा ढुंगाले हानेको जस्ता गम्भीर चोटहरू थिए । प्रहरीले चोटहरु हेर्दा हत्या नैं भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीको प्राविधिक टोली र तालिमप्राप्त कुकुरको सहयोगमा गरिएको तीव्र अनुसन्धानले घटनाको पर्दाफास गरेको छ। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का स्थायी बासिन्दा तर हाल पोखरा–११ फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी र पाल्पाको रामपुर नगरपालिका–४ का स्थायी बासिन्दा तर हाल पोखरा–१० मा बस्ने ३८ वर्षीय कृष्णबहादुर थापा (भुजेल) रहेका छन्। उनीहरूलाई मंसिर २६ गते कास्की जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।
अनुसन्धानबाट खुलेको तथ्यअनुसार मृतक रमेश सुनार र दुवै आरोपी पुराना साथी थिए। उनीहरू ज्यालामजदुरी गर्थे र प्रायः रातको समयमा रक्सी लिएर एकान्त ठाउँमा बसेर पिउने गर्दा रहेछन्। मंसिर २४ गते राति पनि तीनै जना घटनास्थल नजिकको एकान्तमा बसेर रक्सी पिइरहेका थिए। रक्सीकै मातमा सामान्य विवाद झगडामा परिणत भयो।
झगडा चर्किएपछि कृष्णबहादुर भुजेलले हातमुठी र ढुंगाले रमेशको टाउकोमा निर्मम प्रहार गरे। रमेशको मृत्यु भएपछि हरिरामको सहयोगमा शवलाई घटनास्थलबाट केही तल झाडीमा लगेर फालिदिए र दुवै फरार भए।
प्रहरीले घटनास्थलबाट आरोपितहरूको चप्पल एक जोर, टोपी एक थान र हत्यामा प्रयोग भएको ढुंगा बरामद गरेको छ। कृष्णबहादुरलाई मंसिर २५ गते दिउँसो २ बजेतिर पोखरा–१० बाट र हरिरामलाई मंसिर २६ गते बिहान १ बजेतिर वडा नं. १२ सरस्वती स्कुल नजिकैबाट पक्राउ गरिएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु