
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
काठमाडौँ, २२ मंसिर । काठमाडौँको सिनामङ्गलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिने छोरा माहिर कार्कीको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा भएको यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कार्कीलाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार छोराको ब्रेन ट्युमरको उपचारको विषयलाई लिएर कार्की र उनकी श्रीमतीबीच विवाद भएको थियो। विवाद चर्किएपछि आवेगमा आएका कार्कीले छोराको घाँटी थिचेर हत्या गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग भएको वा नभएकोबारे स्पष्ट उल्लेख नभए पनि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ।
घटनामा कार्कीले श्रीमतीलाई पनि कुटपिट गरेर घाइते बनाएका छन्। घाइते श्रीमतीको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले प्रहरी परिवारभित्रै मानसिक स्वास्थ्य, पारिवारिक तनाव र रिस नियन्त्रणको गम्भीर प्रश्न उठाएको छ।
अभियुक्त पुष्कर कार्की (२९ वर्ष, मूल घर डोटी) र उनकी श्रीमती दुवै नेपाल प्रहरीमा कार्यरत छन्। कार्की सहायक निरीक्षक र उनकी श्रीमती प्रहरी जवान पदमा छन्। उनीहरू दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटिएका थिए।
घटनालगत्तै फरार भएका कार्कीलाई प्रहरीले आइतबार साँझ करिब ६ बजे नागढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका कार्कीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर