News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ

पक्राउ पर्नेमा पोखरा-५ जिरो किमी बस्ने श्यामबहादुर तामाङ र वडा नं. २ बस्ने सागर राउत

पोखरा, ३० कार्तिक । जेन-जी आन्दोलनको क्रममा भदौं २४ गते प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गर्ने गिरोहका दुई सदस्यलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने ३१ वर्षीय श्यामबहादुर तामाङ र वडा नं. २ बस्ने २२ वर्षीय सागर राउत रहेका छन्।

गत भदौं २४ गते भएको घटनाको अनुसन्धानका क्रममा बुधबार (कार्तिक २८) उनीहरूको साथबाट लुटिएको हतियारका पार्टपुर्जा बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामानमा १ राउन्ड गोली, बोल्ट र ट्रिगर जोडिएको भाग १ थान, काठको बट १ थान तथा २ थान मोबाइल छन्।

पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। जेनजी आन्दोलनका नाममा भएको यो लुटपाटले सुरक्षा चुनौती थपेको छ ।