
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–५, प्रस्याङमा शुक्रबार राति रक्सी सेवनका क्रममा भएको विवादले उग्र रूप लिँदा ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले घटनाको डेढ घण्टाभित्रै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवै जना शुक्रबार राति प्रस्याङस्थित एक होटलमा सँगै बसेर मदिरा सेवन गरिरहेका थिए। राति साढे २ देखि ३ बजेतिर होटलभित्रै सामान्य विवाद उत्पन्न भयो। विवाद बढ्दै जाँदा जग्गा कारोबारी समेत रहेका पराजुलीले तिमिल्सिनालाई दुई थप्पड हानेका थिए।

हत्या गरिएका अनिल आफ्नी सानी एकमात्र छोरीसँग । फाईल तस्विर
पराजुलीको घर नजिकैं रहेको एक होटलमा मदिरा पिएर चिल्ड्रेन पार्कबाट घरतिर जाँदैं गर्दा करिब ५० मिटर टाढा पुगेपछि रिसको झोकमा तिमिल्सिनाले होटलमै राखिएको चक्कु लिएर पराजुलीको घाँटीमुनिबाट पछाडिपट्टि प्रहार गरे। चक्कु प्रहारले मुटु र फोक्सोमा गम्भीर चोट लागेको तथा घटनास्थलमै पराजुलीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
राति अबेरसम्म अनिल, किशोरसहित अर्का एक साथी जयन्द्र भट्टराई सँगै थिए। अनिल र जयन्द्र अगाडि हिँडिरहँदा किशोर पछाडि थिए। बत्ती नभएको अँध्यारो ठाउँमा पुगेपछि किशोरले अचानक अनिलमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी जयन्द्रले जानकारी दिए ।
चक्कु प्रहारपछि किशोर त्यहाँबाट भागेका थिए । अनिलसँगै रहेका साथी जयन्द्रले तुरुन्त आफन्तलाई फोन गरेर सहयोग मागे। अनिललाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई राति ३ बजेर ४० मिनेटमा मृत घोषणा गरे।

दोस्रोपटक कैं भेटमा अनिल पराजुलीको हत्या गर्ने किशोर तिमिल्सिना ।
प्रहरीका अनुसार यो उनीहरूको दोस्रो भेटघाट थियो। यसअघिको भेटमा पनि सामान्य मनमुटाव भएकाले तिमिल्सिनाले प्रतिसोध बोकेर हत्या गरेको खुलेको छ ।
चक्कु प्रहारपछि तिमिल्सिना इनड्राइभ एपमार्फत मोटरसाइकल बोलाएर भागेका थिए। उनी पोखरा–६, लेकसाइड क्षेत्रमा लुकेर बसेका थिए। प्रहरीले तिमिल्सिनाको आफन्तको मोबाइल नम्बरबाट सम्पर्क गरी बोलाएपछि राति ४ बजेतिर घर नजिकैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
सराङकोट घर भएका तिमिल्सिना लामो समय मधेसमा बसेर केही वर्षअघि मात्र पोखरा–५, गणतन्त्रचोक नजिकै घर बनाएर आफन्तसँग बस्दै आएका थिए। प्रहरीले सामान्य झगडाबाट चक्कु प्रहारसम्म पुगेको यो घटनाको थप अनुसन्धान गरिरहेको छ। हत्यामा प्रयोग भएको चक्कु र अन्य प्रमाणहरू सुरक्षित गरिएको छ।
हत्या गरिएका अनिल नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा–५ का उपसभापति भोलानाथ पराजुलीका एकमात्र छोरा हुन् । दुई दिदीका भाइ अनिलको श्रीमती र एकमात्र सानी छोरी छिन् ।

घटनास्थलबाट प्रहरीले बरामद गरेको हत्यामा प्रयोग भएको चक्कु । तस्विर : जिल्ला प्रहरी कार्यालय कास्की
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी