News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

नक्कली पेस्तोल (खेलौना) सहित ग१३प ९८३२ नम्बरको मोटरसाइकल बरामद

पोखरा, २९ असोज । पोखरा–१२, शीतलादेवीमा एक महिलालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ घर भई हाल पोखरा–२०, भलाम बस्ने विकले गत २७ असोज राति ८:५० बजे शीतलादेवीकी देवीकला अधिकारीको घाँटी र कानको सुनको गहना लुटेका थिए ।

पीडितले प्रतिकार गरी हारगुहार गरेपछि हेलमेट लगाएर भागेका विकलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले भेटनरी–१२ नजिकबाट पक्राउ गरेको हो । उनको साथबाट नक्कली पेस्तोल (खेलौना) र लुटपाटमा प्रयोग भएको ग१३प ९८३२ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।