
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
महेन्द्र भोटे कारागार फर्किए पनि ताण्डव न्यूजका सम्पादक भगौंडा अर्जुन गिरी, विजय लम्साललगायतका केदीहरु अझै फरार छन्।
पोखरा, १५ असोज । कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म कारागार फर्किएको छैन । नेकपा एमालेका नेता, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष एवम् ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीको टोली भदौं २४ गते राति कास्की कारागारबाट भागेको थियो । कास्की कारागारबाट भदौ २४ गते राति गिरीसहित भागेका ७७३ कैदीबन्दीमध्ये ४२८ जना मात्र फर्किएका छन्।
यीमध्ये १६ जना महिला कैदी छन्। तर, अझै ठूलो सङ्ख्यामा कैदीहरू फरार रहँदा समाजमा त्रासको वातावरण फैलिएको छ। कास्की कारागारबाट भागेका दुई चिनियाँ नागरिक अझै फरार छन्। एक अमेरिकी नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ भने एक क्यानेडियाली नागरिक र दुई भारतीय नागरिक स्वतःस्फूर्त रूपमा कारागार फर्किएका छन्।
तर, १० भारतीय नागरिकसहित सहकारी ठगी मुद्दाका २३ मध्ये १९ जना अझै सम्पर्कविहिन छन्। यीमध्ये नेकपा एमालेका राष्ट्रिय युवा सङ्घका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे फर्किएका छन् । तत्कालिन अवस्थामा नेकपा एमालेका कास्की जिल्ला सदस्य, एमाले वडा नं. २१ का ईञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरीलाई सहकारीको ४ करोड भन्दा बढि रकम हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चलिरहेको छ ।
जिल्ला न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दुई दिनको बहस पछि थुनामा पठाउने आदेश दिएको थिए । मित्रमिलन सहकारी ठगीमा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले २०८० फागुन १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
मित्रमिलन सहकारी ठगीमा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले २०८० फागुन १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । गिरीसहितको टोली यहीं भदौं २४ गते राती कारागारबाट फरार भएका थिए ।
भदौ २४ गते साँझ जेन–जी आन्दोलनको नाममा कारागारमा भएको आगजनी र तोडफोडको मौका छोपी कैदीहरू भागेका थिए। यो घटनालाई नियोजित रूपमा सञ्चालित भएको स्रोतले बताएको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई बाहिर निकाल्न आन्दोलनको फाइदा उठाइएको र त्यसै क्रममा देशभरका कारागारहरूमा कैदीहरू आन्दोलित भएको प्रहरीको भनाइ छ।

नेकपा एमालेका नेता एवम् पत्रकार अर्जुन गिरी, कानुनी व्यवसायी जनकल्याण पराजुली, पत्रकार विजय लम्सालसहितका टोले गुन्डाहरु मिलेर लुटिएको मित्र मिलन सहकारीका पीडितहरु न्यायालय अगाडि नाराबाजी गर्दै । फाईल तस्विर ।
कारागार प्रमुख राजेन्द्र शर्माले आगजनी र तोडफोडका बीच पनि कम्प्युटर प्रणाली सुरक्षित रहेकाले कैदीहरूको विवरण जोगिएको बताए। “यसले हामीलाई फरार कैदीहरूको खोजीमा सहज भएको छ,” उनले भने। भदौ २७ गतेदेखि केही कैदीहरू स्वतःस्फूर्त रूपमा फर्किन थालेका छन्। प्रशासनले असोज २० गतेसम्म फर्किन सूचना जारी गरेको छ। तोकिएको समयमा नफर्किए कारागार ऐन, २०७९ अनुसार कडा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल र लेखा समितिका अर्जुन गिरी, जो भदौं २४ गते कास्की कारागारबाट भागेका छन् ।
नेपाल प्रहरीले देशभरका १४ हजारभन्दा बढी फरार कैदी र थुनुवालाई सम्बन्धित प्रहरी कार्यालय वा कारागारमा फर्किन अनुरोध गरेको छ। प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले फरार कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेका छन्। कारागार व्यवस्थापन विभागले पनि परिवार, स्थानीय तह, सञ्चारमाध्यम र सुरक्षा निकायसँग सहकार्य गरेर फरार कैदीहरूलाई फर्काउन प्रयास गरिरहेको छ।
फरार कैदीहरूको खोजीमा प्रहरी र कारागार प्रशासन सक्रिय छ। केही कैदी फर्किए पनि ठूलो सङ्ख्यामा अपराधीहरू बाहिर रहँदा समाजमा असुरक्षा बढेको छ। कैदीहरु फरार भएसँगैं हत्या, चोरी र लुटपाटका घटना समेत बढेका छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन