News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

कास्की प्रहरीद्वारा जेन-जी आन्दोलनसम्बन्धी घटनामा सहयोगका लागि अपिल

सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ ।

पोखरा, ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिका सम्बन्धमा अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण कास्केली नागरिकहरूसँग हार्दिक अपिल गरेको छ।

प्रहरीका अनुसार उक्त आन्दोलनमा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरू घुसपैठ गरी विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर–सरकारी संघ–संस्थाहरू, व्यवसायिक प्रतिष्ठानहरू र व्यक्तिगत घर–सम्पत्तिहरूमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसात्मक कार्यमा संलग्न भएका थिए।

जिल्ला प्रहरी कार्यालयले यस्ता गतिविधिसँग सम्बन्धित प्रमाणजन्य सामग्रीहरू, जस्तै सिसिटिभी फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्ड आदि उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, सुरक्षा निकायका हात–हतियार, असबाब वा अन्य सामग्रीहरू, र उक्त स्थानहरूबाट लुटिएका कुनै पनि चिजवस्तु लुकाइछिपाइ राखिएको जानकारी भएमा पनि सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले आग्रह गरेका छन् । डीएसपी बस्नेतका अनुसार सूचना प्रदान गर्ने व्यक्ति वा संस्थाको गोपनीयता पूर्ण रूपमा कायम राखिने छ ।

यस्ता सूचनाहरु पठाउनका लागि प्रहरीले इमेलः [email protected], [email protected], व्हाट्सएप नम्बरः ९८५६०३९५९९, ९८५६०३५५१२ सार्वजनिक गरेको छ ।