
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि आउने क्रम जारी छ ।
जेन–जी आन्दोलनका क्रममा सहकारी ठगीमा कैद भुक्तान गरी धरौंटीमा छुटेका अपराधीहरुले नियोजित रुपमा कारागारमाा तोडफोड गरी ७७३ कैदीबन्दीहरुलाई भगाएको स्रोतले बतायो । आन्दोलनको मौंका छोपेर सहकारी ठगीमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई बाहिर निकालेपछि देशव्यापी रुपमा नैं कैदीहरु आन्दोलित भएका थिए ।

भदौं २४ गते बेलुका जेन–जी समूहको नाममा कास्की कारागारमा भएको आगजनी । कारागारभित्र कैदीहरु भागेपछि त्यहाँको टिभी, सामान र कैदीहरुले बनाएका मुढासमेत चोरी भएको छ ।
पोखरामा पनि सहकारी ठगीमा संलग्न अपराधीहरुले जेन–जी आन्दोलनको फाईदा उठाउँदैं कैदीबन्दी भगाएका थिए । तर, भदौं २४ गते बेलुका जेन–जी समूहको नाममा भएको घुसपैंठको फाईदा उठाउँदैं कैदीबन्दीहरूले कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए । सो क्रममा कारागार भित्र आईपुगेका घुसपैंठीहरुले कारागारमा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्की कारागारमा सहकारी ठगीमा रहेका नेकपा एमालेका राष्ट्रिय युवा संघका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे, नेकपा एमालेका वडा नं. २१ का पूर्वईञ्चार्ज, ताण्डव न्यूजका सम्पादक एवम् र प्रेस चौंतारी कास्कीका पूर्वअध्यक्ष अर्जुन गिरी लगायतको टोली अझैं फरार रहेको छ ।
कास्की कारागारका प्रमुख राजेन्द्र शर्माले आज शुक्रबारदेखि कैदीबन्दीहरु स्वस्फूर्त रुपमा आउनु शुरु गरेको र आफूहरुले पनि फरार कैदीहरुलाई सम्पर्क गरेर फर्कन आग्रह गरेको जानकारी दिए । समाजमा त्रासको वातावरण बढिरहेको अवस्थामा पुनः फरार भएका कैदीहरु फर्किन थालेपछि अलि सहज वातावरण बन्दैं गईरहेको कारागार प्रमुख शर्माले बताए ।

सूर्यदर्शन लगायतका सहकारी ठगीमा कास्की कारागारमाा रहेका नेकपा एमालेको राष्ट्रिय युवा संघका पूर्वउपमहासचिव शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले कारागार भित्र बनाएको संरचना । तस्विर: राजेन्द्र अधिकारी
कैदी नाईकेद्वय अजय गुरुङ र दिनेश क्षेत्रीले कारागारमा बस्न सक्ने अवस्था नभएपछि आफ्नो ज्यान जोगाउन बाध्य भएर प्रशासनको सल्लाह गरेर नैं बाहिर निस्केको बताए । उनीहरुले भने–‘हामीहरु भागेर कहाँ जाने, इमान्दार भएर जानकारी गराएरैं निस्किएको हो । अहिले हामी फर्किएका छौं । राज्यले हामीलाई दिनुपर्ने सेवा सुविधा र कैद भुक्तान गर्दा पाउनु पर्ने राहत पनि दिनुपर्छ भन्ने लाग्छ ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन