News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले

कारागारबाट भागेका सहकारी ठगहरु महेन्द्र भोटे र अर्जुन गिरी अझैं फरार

पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि आउने क्रम जारी छ ।

जेन–जी आन्दोलनका क्रममा सहकारी ठगीमा कैद भुक्तान गरी धरौंटीमा छुटेका अपराधीहरुले नियोजित रुपमा कारागारमाा तोडफोड गरी ७७३ कैदीबन्दीहरुलाई भगाएको स्रोतले बतायो । आन्दोलनको मौंका छोपेर सहकारी ठगीमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई बाहिर निकालेपछि देशव्यापी रुपमा नैं कैदीहरु आन्दोलित भएका थिए ।

पोखरामा पनि सहकारी ठगीमा संलग्न अपराधीहरुले जेन–जी आन्दोलनको फाईदा उठाउँदैं कैदीबन्दी भगाएका थिए । तर, भदौं २४ गते बेलुका जेन–जी समूहको नाममा भएको घुसपैंठको फाईदा उठाउँदैं कैदीबन्दीहरूले कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए । सो क्रममा कारागार भित्र आईपुगेका घुसपैंठीहरुले कारागारमा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्की कारागारमा सहकारी ठगीमा रहेका एमालेका कार्यकर्ताहरु शिवबहादुर गुरुङ महेन्द्र भोटे, ताण्डव न्यूजका सम्पादक एवम् नेकपा एमालेका वडा नं. २१ का पूर्वईञ्चार्ज, प्रेस चौंतारी कास्कीका पूर्वअध्यक्ष अर्जुन गिरी लगायतको टोली अझैं फरार रहेको छ ।

कास्की कारागारका प्रमुख राजेन्द्र शर्माले आज शुक्रबारदेखि कैदीबन्दीहरु स्वस्फूर्त रुपमा आउनु शुरु गरेको र आफूहरुले पनि फरार कैदीहरुलाई सम्पर्क गरेर फर्कन आग्रह गरेको जानकारी दिए । समाजमा त्रासको वातावरण बढिरहेको अवस्थामा पुनः फरार भएका कैदीहरु फर्किन थालेपछि अलि सहज वातावरण बन्दैं गईरहेको कारागार प्रमुख शर्माले बताए ।

कैदी नाईकेद्वय अजय गुरुङ र दिनेश क्षेत्रीले कारागारमा बस्न सक्ने अवस्था नभएपछि आफ्नो ज्यान जोगाउन बाध्य भएर प्रशासनको सल्लाह गरेर नैं बाहिर निस्केको बताए । उनीहरुले भने–‘हामीहरु भागेर कहाँ जाने, इमान्दार भएर जानकारी गराएरैं निस्किएको हो । अहिले हामी फर्किएका छौं । राज्यले हामीलाई दिनुपर्ने सेवा सुविधा र कैद भुक्तान गर्दा पाउनु पर्ने राहत पनि दिनुपर्छ भन्ने लाग्छ ।’