News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

प्रदर्शनकारीको आगजनीमा परेर दुई महिलाको मृत्यु

मंगलबार प्रदर्शनकारीले लेकसाइड र नयाँ बजारमा आगजनी गरेका थिए

पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँ बजारको अटो शोरुममा जेन-जी (नयाँ पुस्ता) आन्दोलनकारीले आगजनी गर्दा दुई महिलाको मृत्यु भएको छ। मंगलबार प्रदर्शनकारीले यी दुवै ठाउँमा आगो लगाएका थिए।

अंशुभारा बिल्डिङ गण्डकीका मन्त्री विन्दुकुमार थापाका छोराको हो भने अटो शोरुम मन्त्रीका भाइ ध्रुव थापाको हो। आगलागीमा भित्र रहेका युवतीहरू जलेर मृत्यु भएको बताइएको छ। नेपाली सेना घटनास्थलमा पुगेको छ, तर मृतकको परिचय खुलेको छैन।