
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
ललितपुर, २८ साउन । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उन्मुक्ति दिएको छ। अनुसन्धान पूरा गरी सीआईबीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ, जसमा ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। तर, धनराजलाई पर्याप्त प्रमाण नभेटिएको भन्दै प्रतिवादी बनाउन सुझाइएको छैन।
सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार, अनुसन्धान प्रतिवेदनमा सहकारीबाट करिब १४ करोड ठगी भएको र सञ्चालकहरूबाट थप साढे ३ करोड ठगी भएको उल्लेख छ। यी रकमको बिगो मागदाबी गर्न सिफारिस गरिएको छ। प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
सीआईबीले धनराजकी पूर्वपत्नी ज्योति गुरुङसहित ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापालगायत ११ जनालाई प्रतिवादी बनाउन सुझाएको छ। यसमध्ये भण्डारी, खत्री र अधिकारी पक्राउ परेका छन्। ज्योति गुरुङमार्फत ठगी भएको र भण्डारीले रकम विदेश पु¥याएर क्यासिनोमा लगानी गरेको आरोप छ।
अनुसन्धानमा भण्डारीको समूहले ६ अर्ब ७४ करोडभन्दा बढीको हुन्डी कारोबार र क्रिप्टो मुद्राको कारोबार गरेको पाइएको छ। भण्डारीले थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियामा पुगेर अनलाइन फिसिङमार्फत सहकारीका पदाधिकारीलाई ठगेका थिए। उनले १४ करोड ८१ लाख तिर्ने भन्दै ३३ करोड ११ लाख पठाएको झुटो दाबी गरी थप ३ करोड ४४ लाख ठगी गरेको प्रहरीको भनाइ छ।
भण्डारीले दुई फरक नागरिकता र राहदानी लिएको पाइएको छ। कास्की र बर्दियाबाट लिएका यी कागजातका आधारमा उनलाई ठगी, संगठित अपराध, हुन्डी, क्रिप्टो कारोबार र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। यसअघि पनि भण्डारी र खत्री हुन्डी र नक्कली नोट कारोबारमा पक्राउ परेका थिए।
मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङमाथि कुनै प्रमाण नभेटिएको सीआईबीको दाबी छ। तर, ज्योति गुरुङ र भण्डारीसहितका व्यक्तिहरूले ठूलो रकम ठगी गरी विदेश पु¥याएको र क्यासिनोमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। अब सरकारी वकिल कार्यालयले मुद्दा दायरको निर्णय गर्नेछ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन