
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
“मैले मान्छे मारेँ, मलाई लिन आउनुस्“ भन्दै प्रहरीलाई गरे फोन
भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी शनिबार राति एकै परिवारका चार सदस्यको हत्या भएपछि गाउँ शोकमा डुबेको छ।
हत्या गर्ने व्यक्ति हुन्—३० वर्षीय राजेन्द्र राई, भोजपुर नगरपालिका–२, हेलौचाका बासिन्दा। उनले आफ्नै ससुरा, सासू, पत्नी र सालोको हत्या गरेका हुन्।
मृतकमध्ये १६ वर्षीया मनिषा गिरी उनकी पत्नी थिइन्, जससँग करिब ९ महिनाअघि राजेन्द्रले प्रेम विवाह गरेका थिए। तर, अन्तरजातीय विवाह परिवार र समाजको नजरमा स्वीकार्य थिएन।
प्रहरीका अनुसार राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुरालीमै बसेका थिए। शनिबार राति मनिषालाई लिएर फर्किने अठोटसहित ससुराली पुगेका उनले परिवारसँगको विवाद चर्किएपछि हिंसात्मक रूप लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीका अनुसार, “राजेन्द्रले दिएको बयानअनुसार ससुराली पक्षले छुरा देखाएर आक्रमण गरेपछि उनले त्यही छुरा खोसेर हत्या गरेका हुन्।”
हतियारका रूपमा प्रयोग गरिएको छुरा कसले सुरुमा प्रयोग गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हतियार प्रहारबाट ज्यान गुमाउनेमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, पत्नी मनिषा गिरी र ९ वर्षीय सालो सपन गिरी छन्।
हत्या गरेपछि राजेन्द्रले आफैं प्रहरी कन्ट्रोलमा फोन गरेर भने, “मैले मान्छे मारेँ, मलाई लिन आउनु।”

छुराप्रहार गरी ४ जनाको हत्या गर्ने राजेन्द्र राई
राजेन्द्रको पेटमा पनि गहिरा चोट छन्। उनी अहिले भोजपुर जिल्ला अस्पतालमा प्रहरी निगरानीमा उपचाररत छन्। अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र सिफारिस गर्न सकिने प्रहरीको भनाइ छ।
राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरेर निर्माण मजदुरी गर्थे। विवाहपछि पत्नीकै परिवारसँग सम्बन्ध बिग्रँदै गएको थियो। प्रहरीका अनुसार, अन्तरजातीय विवाहलाई लिएर पारिवारिक अस्वीकृति नै यो भीषण हत्याको मूल कारण देखिन्छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन