
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
“मैले मान्छे मारेँ, मलाई लिन आउनुस्“ भन्दै प्रहरीलाई गरे फोन
भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी शनिबार राति एकै परिवारका चार सदस्यको हत्या भएपछि गाउँ शोकमा डुबेको छ।
हत्या गर्ने व्यक्ति हुन्—३० वर्षीय राजेन्द्र राई, भोजपुर नगरपालिका–२, हेलौचाका बासिन्दा। उनले आफ्नै ससुरा, सासू, पत्नी र सालोको हत्या गरेका हुन्।
मृतकमध्ये १६ वर्षीया मनिषा गिरी उनकी पत्नी थिइन्, जससँग करिब ९ महिनाअघि राजेन्द्रले प्रेम विवाह गरेका थिए। तर, अन्तरजातीय विवाह परिवार र समाजको नजरमा स्वीकार्य थिएन।
प्रहरीका अनुसार राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुरालीमै बसेका थिए। शनिबार राति मनिषालाई लिएर फर्किने अठोटसहित ससुराली पुगेका उनले परिवारसँगको विवाद चर्किएपछि हिंसात्मक रूप लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीका अनुसार, “राजेन्द्रले दिएको बयानअनुसार ससुराली पक्षले छुरा देखाएर आक्रमण गरेपछि उनले त्यही छुरा खोसेर हत्या गरेका हुन्।”
हतियारका रूपमा प्रयोग गरिएको छुरा कसले सुरुमा प्रयोग गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हतियार प्रहारबाट ज्यान गुमाउनेमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, पत्नी मनिषा गिरी र ९ वर्षीय सालो सपन गिरी छन्।
हत्या गरेपछि राजेन्द्रले आफैं प्रहरी कन्ट्रोलमा फोन गरेर भने, “मैले मान्छे मारेँ, मलाई लिन आउनु।”

छुराप्रहार गरी ४ जनाको हत्या गर्ने राजेन्द्र राई
राजेन्द्रको पेटमा पनि गहिरा चोट छन्। उनी अहिले भोजपुर जिल्ला अस्पतालमा प्रहरी निगरानीमा उपचाररत छन्। अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र सिफारिस गर्न सकिने प्रहरीको भनाइ छ।
राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरेर निर्माण मजदुरी गर्थे। विवाहपछि पत्नीकै परिवारसँग सम्बन्ध बिग्रँदै गएको थियो। प्रहरीका अनुसार, अन्तरजातीय विवाहलाई लिएर पारिवारिक अस्वीकृति नै यो भीषण हत्याको मूल कारण देखिन्छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी