News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

लेकसाईडका विभिन्न स्पा सेन्टरबाट ८ बालिकाहरुको उद्धार

लेकसाईडमा हुने अवैध धन्दाहरुमा कास्की प्रहरीको निगरानी बढ्दो

पोखरा, १८ असार । पोखराको पर्यटकीय नगरी लेकसाईडमा वषौंदेखि चलिरहेका स्पासेन्टरहरुबाट प्रहरीले आठजना बालिकाहरुको उद्धार गरेको छ । १८ वर्षमूनिका ८ जना बालिकाहरुलाई प्रहरीले पर्सल्यान स्पा, ताराहिल लज स्पा एण्ड ब्यूटी केयर र ईभेन्डर व्यूटी एण्ड स्पाबाट उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको संयुक्त टोलीले असार १६ गते दिउँसो ४ बजेको समयमा ती स्पाहरुमा अनुगमन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट २ जना र इभेन्डर ब्यूटी एण्ड स्पाबाट ४ जना किशोरीहरुलाई उद्धार गरिएको थियो ।

उक्त बालिकाहरुलाई स्पा सेन्टरहरुले बालश्रम (निषेध र नियन्त्रित गर्ने) ऐन, २०५६ विपरित जोखिमपूर्ण व्यवसायमा लगाइएको भन्दैं यस कार्यमा संलग्न स्पा सेन्टरका सञ्चालकहरुलाई कारवाहीका लागि उद्धार गरिएका बालिकाहरुसहित श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

पर्यटकीय नगरी लेकसाईडमा हुने यस्ता अवैधधन्दा देखि गैरकानुनी कार्यहरुमा कास्की प्रहरीले निगरानी बढाएको छ । रात्रिकालिन व्यवसाय सञ्चालनका नाममा लेकसाइडमा हुने अवैध र अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान नैं सञ्चालन गरिरहेको कास्की प्रहरीले जनाएको छ ।