
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ ।
पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजना भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको छ । नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ ।
जसमा भारत बिहार, मोतिहारी स्थायी घर भई हाल पोखरा–१२ डिगालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह र २७ वर्षीय करन कुमार शाह, भारत विहार स्थायी घर भई हाल पोखरा–८, पृथ्वीचोक बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–५, जिरोकिमी बस्ने ३१ वर्षीय श्यामबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका चारजना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार जेठ ८ गते पोखरा–१४, छिनडाँडामा रहेको नेपाल टेलिकमको तामाको तार (कपर केबल) र अन्य घरायसी सामानहरु पटक–पटक चोरी भईरहे पछि नेपाल टेलिकमले प्रहरीमा उजुरी गरेको थियो । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान तथा खोजतलास गर्दा यो गिरोहको संलग्नता रहेको भेटिएको हो ।
प्रहरीले पोखरा–८, पृथ्वीचोकमा मुकेश कुमारले सञ्चालन गरेको कवाड खानामा जेठ २३ गते प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न महँगा भाडाकुँडाहरु कुच्चाई फुटाई राखिएको र टेलिकमको तार बाहिरको प्लाष्टिकको कभर पोली (डडाई) तामाको भाग मात्र बेच्नको लागि तयारी अवस्थामा राखिएको भेट्टिएको थियो ।
उनीहरुको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद भएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी