
१ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठले घरभाडा नतिरी फरार भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ ।
पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजना भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको छ । नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ ।
जसमा भारत बिहार, मोतिहारी स्थायी घर भई हाल पोखरा–१२ डिगालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह र २७ वर्षीय करन कुमार शाह, भारत विहार स्थायी घर भई हाल पोखरा–८, पृथ्वीचोक बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–५, जिरोकिमी बस्ने ३१ वर्षीय श्यामबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका चारजना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
प्रहरीका अनुसार जेठ ८ गते पोखरा–१४, छिनडाँडामा रहेको नेपाल टेलिकमको तामाको तार (कपर केबल) र अन्य घरायसी सामानहरु पटक–पटक चोरी भईरहे पछि नेपाल टेलिकमले प्रहरीमा उजुरी गरेको थियो । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान तथा खोजतलास गर्दा यो गिरोहको संलग्नता रहेको भेटिएको हो ।
प्रहरीले पोखरा–८, पृथ्वीचोकमा मुकेश कुमारले सञ्चालन गरेको कवाड खानामा जेठ २३ गते प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न महँगा भाडाकुँडाहरु कुच्चाई फुटाई राखिएको र टेलिकमको तार बाहिरको प्लाष्टिकको कभर पोली (डडाई) तामाको भाग मात्र बेच्नको लागि तयारी अवस्थामा राखिएको भेट्टिएको थियो ।
उनीहरुको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद भएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?