
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा, ३ जेठ । पोखराका र तनहुँका विभिन्न १२ स्थानमा श्रृंखलावद्धरुपमा सुनचाँदी र नगद चोरी गर्ने पाँचजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । चोरी कार्यमा संगठित रुपमा आफ्नै परिवारका पाँचजना नातेदारहरु संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
जिप्रका कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीमा संलग्न मुख्य नाइके तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १०, साँखेका २६ वर्षीय कटुप्पा भन्ने सुवास बिकको समूहको बारेमा जानकारी दिएका छन् ।
सुवास ढुंंगा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्ने भएपनि उनी विगतमा चोरी कसूरमा कास्की जिल्ला अदालतबाट उनलाई ५ वर्ष कैद र साढे ३ लाख जरिवाना भएको थियो । २०७९ सालमा कारागारबाट छुटेपछि ३ महिना कतार गएर फर्किएका उनि पुनः चोरीमा संलग्न हुँदैं आएका थिए । उनलाई गत २९ वैशाखमा पोखराको बूढीबजारबाट प्रहरीले पक्राउ गरेको थियो ।
यो गिरोहमा चोरिएका सुनचाँदीका गरगहना लिने र तिनलाई पगालेर स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने कार्यमा संलग्न रहेको आरोपमा पोखरा–१०, रामबजारमा रहेको स्याङ्जा कोल्माकोट सुनचाँदी पसलका सञ्चालक ५३ वर्षीय दुर्गाबहादुर थापा पक्राउ परेका छन् । नाताले सुवासका मामा पर्ने थापा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा ९, काल्खुका स्थायीवासिन्दा हुन् ।
दुर्गामाथि पनि २०५७ र २०६४ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा अनुसन्धान भएको रेकर्ड भेट्टिएको छ । सुनचाँदी पसल सञ्चालन गर्ने उनिमाथि २०८० सालमा वडा प्रहरी कार्यालय वालिङबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा अनुसन्धान भएको प्रहरी रेकर्डमा उल्लेख छ ।
त्यसैगरी, ड्राइभिङ पेसामा आवद्ध रहेका तनहुँ साँखे घर भएका सुवासका ठुलोबुबाका छोरा २३ वर्षीय बिमल विक पनि यहीं गिरोहमा संलग्न रहेको प्रमाण प्रहरीले भेटेको छ । त्यसैगरी, तनहुँका शुक्लागण्डकी ११, दुर्गेका २२ वर्षीय गणेश सुनार पनि यो गिरोहमा संलग्न रहेको भन्दैं प्रहरीले पक्राउ गरेको छ ।
उनी दुर्गाबहादुरको सुनचाँदी पसलका कालीगढको रुपमा काम गर्ने गर्दथे । नाताले उनी सुवासका फुपूका छोरा पर्दछन् । सुवासका फूपूका अर्का छोरा स्याङ्जा पुतलीबजार ९, काल्खुका ३३ वर्षीय सुरेश विक पनि चोरीमा संलग्न रहेको भन्दैं प्रहरीले पक्राउ गरेको छ । उनी पनि दुर्गाबहादुरको सुनचाँदी पसलमा कालीगढ छन् ।
सुनका गरगहना १२ तोला ८ लाल तथा २४ तोला चाँदीका गरगहनासहित विभिन्न सामान चोरी आरोपमा प्रहरीले चोरीका नाइके सुवास बिकसमेत ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पक्राउ पर्नेहरु सबै एकअर्काका नातेदार रहेको र उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा मुद्दा चलाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घरमा कोही नभएको अवस्थामा ताला फोडी चोर्ने गरेको, विशेषगरी सुनचाँदीका गरगहना र नगदमा मात्र फोकस गर्ने गरेको, चोरी सकेका गरगहना आफ्नै नातेदार सुनचाँदी पसल संचालक दुर्गाबहादुरलाई दिने गरेको खुलेको छ ।
सुवासले चोरी गर्न ग २२ प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । साथै, ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । मोटरसाइकल भने सुवासले आफ्नो दाइ नाताका नरबहादुर बिकबाट प्राप्त गरेका थिए ।
नरबहादुर पनि हाल हतिहतियार तथा खरखजाना मुद्दामा कारागारमा सजाय भोगिरहेका छन् । बिमल बिकले चोरी गर्न जाँदाआउँदा मोटरसाइकलमा ल्याउने पु¥याउने काम गर्थे । उनीहरुको साथबाट प्रहरीले सुनचाँदीका छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्र पोते, मोती माला, सिक्रकी, औंठी, चन्द्रमा, गेडी पोते, मंगलसूत्र, नौगेडी, फूली, टप, पञ्चरत्ने बालाहरु बरामद गरेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने