
१शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
३लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
४फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
७अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
८ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
९सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१०आजदेखि एसईई परीक्षा सुरु
११एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
१२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उपभोक्ताहरुको माग छ ।
पोखरा, ३१ वैशाख । पोखरामा खसीबोकाको मासुका लागि भनेर चर्चित ठाउँमा नैं मरेको खसी काटि बेचबिखन हुने गरेको भेट्टिएको छ । तर जिल्ला प्रहरी कार्यालय कास्कीले भने मरेको खसीबोकाको मासु बेचबिखन गर्ने ठाउँका सञ्चालकहरुलाई जोगाउँदैं मजदुरलाई मात्र पक्राउ गरेको भन्दैं स्थानीयले प्रहरीप्रति नैं शंका व्यक्त गरेका छन् ।
पोखरामा रहेका भारतीय मासु व्यापारीले फाईदाका लागि यस्तैं अनेकन् हर्कतहरु गर्न थालेपछि नेपाली उपभोक्ताहरु आफ्नैमूलका नागरिकहरुले गर्ने कारोबारप्रति आकर्षित भएका थिए । तर त्यहाँ पनि पुनः यस्तैं प्रवृत्ति दोहोरिएपछि उपभोक्ताहरु चिन्तित बनेका छन् ।
यसरी स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने मासुजन्य खाद्यपदार्थमा व्यवसायीहरुले गरेको खेलवाडप्रति कास्की प्रहरीले कडाईका साथ अनुगमन र सूचना संकलन गरिरहेको छ । सोही क्रममा मरेको खसीबोकाको मासु काटेर तयार पारिएको र काट्ने अवस्थामा राखिएका खसीसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
बषौंदेखि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आईरहेका मासु व्यवसायीहरु यसपटक प्रहरीको निशानामा पर्न थालेका हुन् । प्रहरीले आमउपभोक्ताको स्वास्थ्यमाथि नै खेलवाड गर्दै मरेका खसीबोकाको मासु बेचबिखन गर्ने पोखरा–१४ खसीबजारमा रहेको मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि.का कर्मचारीहरुलाई पक्राउ गरेको छ ।
गत वैशाख २९ गते राति साढे नौं बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरीले पोखराको खसीबजारमा रहेका यी दुई मासु बिक्री गर्ने पसलमा छापा मार्दा मरेका खसीहरुलाई ड्रेसिङ गरिरहेको तथा विक्री बितरणका लागि ५४ किलो मासु तयारी अवस्थामा रहेको भेट्टाएको थियो ।
चितवन जिल्ला ईच्छा मनकामना गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं.१६ स्थित मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र लम्जुङ जिल्ला, क्वोलासोथर गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उपभोक्ताहरुको माग छ ।
पक्राउ परेका मिलन र रामलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने