News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

पोखरामा लागूऔषध कारोबारीको खोजी तिव्र, थप दुई कारोबारी पक्राउ

पोखरा, २६ वैशाख । लागूऔषध कारोबारलाई नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियान अनुसार पोखरामा पनि दिनहुँ जसो लागूऔषध कारोबारीहरु पक्राउ परिरहेका छन् । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले थप दुई कारोबारीलाई पक्राउ गरेको छ ।

झापा धुलाबी स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड बस्ने २४ वर्षीय सुवास राजवंशी र पोखरा वडा नंं.९ पृथ्वीचोक बस्ने ३५ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीको टोलीले वैशाख २२ गते दिउँसो ११ बजेको समयमा पोखरा–१३ बाट पक्राउ गरिएको हो ।

लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा सिरिन्ज सहित लागूऔषध वुर्फिन नर्फिन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन ९ एम्पुल गरी २७ एम्पुल, विभिन्न कम्पनीका मोवाईल ३ थान र नगद २९ हजार पाँचसय बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ परेका दुईजनालाई जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय कास्कीमा अभियान नै सञ्चालन गरेर लागूऔषध कारोबारमा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।