पोखरा, ४ फागुन । धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएका मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ बिरौंटा बस्ने २२ वर्षीय ठकुरीले फागुन २ गते साँझ ६ बजेको समयमा पोखरा–१८, सेदी बसपार्कस्थित सार्वजनिक स्थानमा खुँडा प्रहार गरेका थिए ।
अस्थायी प्रहरी विट सेदी, कास्कीबाट प्रहरी टोली खटिई घाईतेलाई अस्पताल पठाई फरार रहेका ठकुरीको खोजतलासमा जुटेको थियो । प्रहरी टोलीले धारिलो हतियार (खुँडा)सहित ठकुरीलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।