
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, २२ फागुन । नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीमाथि नाबालिग बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान शुरु गरेको छ । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष समेत रहेका गिरीलाई १४ वर्षीय बालिकालाई बलात्कार र यौंनहिंसा गरेको आरोपमा प्रहरीले चारदिन अघि पक्राउ गरेको हो ।
४ दिन अघि आइतबार स्याङ्जाबाट पक्राउ गरिएका नेता गिरीलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले डन न्यूजलाई जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष एवम् स्याङ्जाका अध्यक्ष विष्णु गिरी
कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी शर्माले भने–‘नाबालिगका आफन्तले दिएको जाहेरीका आधारमा नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा आइतबार स्याङ्जाबाट पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।’
विद्यालयमा यौन हिंसा र गलत मनसायबारे बुझाइरहँदा एक्कासि भक्कानिएकी नाबालिकाले आफूमाथि पनि बलात्कारको डरलाग्दो घटना भएको खुलासा गरेपछि गिरीको अपराध सार्वजनिक भएको थियो । आफूलाई कम्युनिष्ट नेता भन्ने गिरीले उल्टैं गरिबीको फाइदा उठाउँदै एक नाबालिगलाई बलात्कार गरेको र पटकपटक यौनजन्य हिंसा गर्दै आएको घटना समेत बाहिरिएको छ ।
समाजमा प्रतिष्ठित भनिएकै व्यक्तिहरुबाट कसरी बलात्कारका घटना हुन्छन्, यौनजन्य हिंसा हुन्छ भनेर पोखराको एक विद्यालयको कक्षामा जानकारी दिई रहँदा ती नाबालिका आफूमाथि गत असोजदेखि हुँदैं आईरहेको घटना घटना सम्झिएर एकदमैं भक्कानिएकी थिइन् । कक्षाको अन्तिम लहरमा बसेकी १४ वर्षीय बालिका रुन थालेपछि उनलाई अलग्गै राखेर सोधपुछ गर्दा नेता गिरीले गरेको अपराध बाहिरिएको थियो ।
ती बलिकाले आफूमाथि १ वर्ष अगाडि नै गिरीले बलात्कार भएको र त्यसपछि पनि पटकपटक बलात्कारको प्रयास गर्ने र धम्क्याउँदैं आईने काम भएको बताइन् । गरिबीका कारण अरुको घरमा काम गर्दै आमालाई सघाउन र पढ्न भनेर पोखरा आएपछि आफूमाथि बलात्कार भएको नाबालिकाले बताएपछि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुले प्रहरीलाई खबर गरेका थिए ।
अधिकारकर्मीहरूका अनुसार ती नाबालिगलाई पोखरामा गिरीकै आफन्तको घरमा घरेलु श्रमिकका रूपमा राखिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले पोखरामा पढाउने र घरेलु श्रम लगाउने गरी राखिएको पाइएको एक अधिकारकर्मीले बताएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन