
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, २० माघ । सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिा गर्ने म्याग्दीका एमाले नेता राजकुमार थापा आज आइतबार विहान भर्खरमात्र पक्राउ परेका छन् । एमालेका नेताहरु मिलेर म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेका थिए ।
एमाले नेतृत्वको सरकार भएका कारण ८ महिना अघि सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेर दोषी किटानी गर्दा समेत आजसम्म कारवाही हुन सकेको थिएन । व्यापक जनदवाव र खबरदारी पश्चात् बल्ल बल्ल कारवाही प्रक्रिया अघि बढे पनि ठगीमा संलग्न एमाले नेताहरुलाई स्थानीय प्रहरी प्रशासनले नै भगाउन सक्ने आशंका सहकारी पीडित बचतकर्ताहरुले गरेका छन् ।
म्याग्दी जिल्ला समन्वय समिति प्रमुख समेत रहेका एमाले नेता राजकुमार थापाको नेतृत्वमा सर्वसाधारणको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो ।
०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । १ सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।
प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।
थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले ५ करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले गरेको आम्दानी नदेखाएरसमेत रकम हिनामिना गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिमा रहेकाहरूले परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेका छन् । सहकारीमा देशमै सबैभन्दा बढी ब्याजदर पाइने हल्ला चलाएर एक जनाकै ५० लाखभन्दा बढी निक्षेप राखेर हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । ४३ सय ८६ बचतकर्ता रहेको कुमारी सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् । सेयर सदस्यहरू रकम हिनामिनामा संलग्नहरूकै पारिवारिक व्यक्ति मात्र रहेका छन् ।
वित्तीय विश्लेषक गौतमले गत असार पहिलो साता छानबिन प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि अनुसन्धान अघि नबढाइएको बचतकर्ताको गुनासो छ । सहकारीबाट बिनाधितो रकम झिकेर खरिद गरिएका जग्गा रोक्का गरेर अदालतमा मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन