
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १० दिन म्याद थप गरेको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसँगै जिल्ला गुल्मी मुसिकोट नगरपालिका– ४ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईका साथै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा गुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।
प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई तेस्रो र जोशीलाई पाँचौँपटक म्याद थपका लागि अदालत लगिएको हो । प्रहरीले लमिछानेलाई २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएर ४ गते पहिलोपटक ६ दिन म्याद थप गरेको थियो भने ८ कात्तिकमा सात दिन म्याद थप गरेको थियो ।
जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २० र चौथोपटक सात दिन म्याद थप गरिएको थियो ।
पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ गरेको थियो ।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पोखराको सूर्यदर्शन, बुटबल सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारबाही सिफारिस गरेका चारमध्ये जिबी फरार छन् भने अन्य तीनजना प्रहरी थुनामा छन् ।
पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही लैजाने तयारी
कास्की प्रहरीले मंगलबार म्याद थप भएमा पूर्वगृहमन्त्री लामिछानेलाई रुपन्देही पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यसबारे कास्की प्रहरीले केही बताउन चाहेको छैन । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि लामिछानेलाई लैजाने तयारी भएको हो । लामिछानेलाई रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचारसमेत गरिसकेको बताइन्छ ।
आज म्याद थप भएमा बिहीबार लामिछानेलाई रुपन्देही पठाउने तयारी कास्की प्रहरीले गरेको बुझिएको छ । त्यसअघि ८ कात्तिकमा रुपन्देही जिल्ला अदालतले लामिछानेसँगै १२ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि जोशीलाई रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी बयानका लागि ५ गते रुपन्देही लगेर बयान लिएको थियो । बयान सकिएसँगै जोशीलाई ७ गते पोखरा ल्याइएको थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन