
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, २१ साउन । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा सुजन गहतराज र उनका साथी प्रहरी फन्दामा परेका छन् । प्रहरीले पोखरा ड्यामसाईडका पसल सञ्चालक ३६ वर्षीय गहतराज र उनका साथी बिरौंटा बस्ने ४३ वर्षीय पवन नेपाललाई शनिबार पक्राउ गरेको हो ।
पोखराको बैदामस्थित नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा विद्युत सर्ट भई आगजनी भएको दावी गरिए पनि प्रहरी अनुसन्धानका क्रममा विमा रकम दावी गर्न सञ्चालक गहतराज आफैंले साउन १६ गतेको विहान २ बजेतिर आगजनी गरेको भेटिएको हो ।
सञ्चालक सुजनले आफूले केही दिनअघि नयाँ इन्भर्टर जडान गरेको र उक्त इन्भर्टरको वायरिङ सर्ट भई आगजनी भएको दावी गरेपनि प्रहरीले अनुसन्धानका क्रममा ईन्भर्टर जडान गर्ने व्यक्ति र नेपाल विद्युत प्राधिकरणमा सोधपुछ गरेको थियो । सोधपुछका क्रममा ईन्भर्टर जडान गर्ने व्यक्तिले आगो नलाग्ने बरु बिग्रन सक्ने र विद्युत प्राधिकरणका कर्मचारीले आफ्नो तर्फबाट कुनै कैफियत नरहेको बताएपछि सञ्चालकमाथि नै प्रहरी शंकाको सुई सोझ्याएको थियो ।
अनुसन्धान गर्दै गर्दा सञ्चालक गहतराजले असार १५ गते हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गरेको र आगलागी भएको भोलिपल्ट साउन १७ मा २ करोड १० लाख रुपैयाँ बिमा दाबी गर्दै निवेदन दिएको तथ्य फेला परेको थियो । त्यसो त गहतराजले पसलमा भएको आगजनीका विषयमा अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा पनि निवेदन दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धान र सोधपुछका क्रममा गहतराजले आफ्नो पसल नचलेको, सामान धेरै स्टक रहेको र घरबेटीसँग भाडाका विषयमा विवाद भइरहे पछि आफ्ना साथी पवनसँग सरसल्लाह लिएर यो घटना गरेको तथ्य खुलेको थियो ।
पवनले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट आफूले सञ्चालन गरेको सफल पोल्ट्री फार्ममा आगो लाग्दा बिमा कम्पनीबाट ३१ लाख रुपैयाँ पाएको सुजनलाई बताउन पुग्छन् । आफू समस्यामा परेको र बिमा कम्पनीबाट फाईदा लिन सकिने देखेपछि गहतराजले आफ्नै पसलमा आगो लगाउने योजना बनाउन पुग्दछन् । र, साथी पवनलाई पनि योजनामा संलग्न गराउन पुग्दछन् ।
योजनामुताविक पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने साथी पवनको सुझाव अनुसार आगो लगाउने सरसल्लाह हुन्छ । गहतराजले घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राख्दछन् । घटना भएको दिन राति करिब ११ बजे गहतराज र पवन मिलेर पोखरा–१७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । र, सोही दिन पानी परेको हुँदा योजना कार्यान्वयन गर्ने सोंचमा उनीहरु पुग्दछन् ।
गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । दुवैजना १०/१५ मिनेटभित्र बसेर स्प्रिट छर्केपछि बाहिर निस्क्छन् । गहतराज तालबाराही स्कुलतिर लाग्छन् भने बाहिर उभिएका उनका साथी पवनले सटरमा सलाई कोरेर आगो लगाई दिन्छन् ।
।
करिब २ बजेर १० मिनेटमा उक्त सपिङ सेन्टरमा आगलागी भएपछि पोखरा महानगरपालिकाद्वारा संचालित दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र ठूलो संख्यामा स्थानीयवासीको सहयोगमा राति नै ३ बजेर उक्त आगो नियन्त्रणमा आएको थियो ।
यसरी आफैंले पसलमा आगजनी गरेपछि गहतराज र उनका साथी पवनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ‘आपराधिक उपद्रव गर्न नहुने’ शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाउको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन