News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सहकारी ठगी फरार भएका जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन

सहकारी छानबिन विशेष संसदीय समिति।

काठमाडौं, १४ साउन । संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेर विदेशमा रहेका जीबी राईसहित १८ जनालाई तत्काल नेपाल झिकाउन र थुनामा रहेकाहरुसँग समेत बयानको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको हो ।
सहकारीको रकम ठगी गरेर फरार रहेका सूर्य दर्शन सहकारीका जीबी राई, भुपेन्द्र राई, ज्ञानबहादुर बम्जन र थानबहादुर बुढामगर, सुमेरू सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन छन् ।

यस्तै शिव शिखर सहकारीका तेजबहादुर बम्जन, इमेज वचत सहकारीका देवकुमार नेपाली, दीपक पौडेल र छेदा नेपाली, सानोपाइला सहकारीका तस्बिरन खातुन र असरफ अलि, सहारा सहकारीका सुवास केसी, शिव शिखर सहकारीका लीलानाथ गौतम, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामालाई नेपाल झिकाउन समितिले निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले यस्तो निर्देशन दिएको हो । समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै बैठकमा विवरण नै प्रस्तुत गरेको थियो ।