
१विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
२आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
३पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
४‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
५डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
८सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
९प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
१०‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने
११रत्न मन्दिर निजी क्षेत्रलाई दिने नेपाल ट्रस्टको प्रस्तावको सर्वत्र विरोध
१२गाँजाको वैधानिक यात्रा सुरु : गण्डकीले बनायो ऐन, सर्वोच्चले दियो संघीय सरकारलाई ३ महिने अल्टिमेटम
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१०‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय लिईरहेका स्याङ्दी घर भएका तीन जना छिमेकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाका अनुसार पहिरोको जोखिम भएर छिमेकीको घरमा बास बसेका सोही वडाको माझकोट बस्ने ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुञ्जेश्वरी शर्मा मरासिनीको पहिरोले पुरिएरै मृत्यु हुन पुगेको हो ।
डिएसपी रानाले भने–‘पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूमा ५३ वर्षीया ईश्वरी लम्साल, ५५ वर्षीय तीर्थ लम्साल, हरि लम्साल, चन्द्रा केसी र रेनुका लम्साल रहेका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।’
शनिबार बिहान उनीहरूको घरमाथि पहिरो गएपछि वडाको समन्वयमा प्रहरी सहितको टोलीले हरिमाया, माधव र गुञ्जेश्वरीलाई स्थानान्तरण गरी छिमेकीको घरमा राखिएको विरुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताए ।
वडाध्यक्ष क्षेत्रीले भने–‘पहिरो आउने सम्भावना नरहेको निश्चय गरेर तीनै जनालाई छिमेकी ईश्वरीको घरमा सारिएको थियो । दुर्भाग्य अकल्पनीय घटना हुन पुग्यो ।’ पहिरोमा पुरिएर मृत्यु हुनेमा माधव र गुञ्जेश्वरी श्रीमान श्रीमती हुन् भने हरिमाया उनीहरूका छिमेकी हुन् । माधवका छोरा र हरिमायाका नाति भने साथीहरुसँग खेल्न बाहिर जाँदा बाँच्न सफल भएका थिए ।
उक्त पहिरोले पुरिएको घरमाथि सामुदायिक वन र तल ज्याग्दी खोला बगिरहेको छ । ज्याग्दी खोलाको कटानले अन्यत्र पनि बाढी पहिरोको जोखिम रहेकोले त्यस्ता ठाउँका बासिन्दाहरूलाई सतर्क रहन प्रहरी प्रशासन र स्थानीय निकायले आग्रह गरेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत