
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, २९ जेठ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी गरेको कसुरमा पूर्वअध्यक्ष भरत भट्टराई र गैर सदस्य सुवास अधिकारी मंगलबार आज अदालतको आदेशसँगैं पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । महिनौंदेखि फरार रहेका पोखरा वडा नं. २१ कृस्ती बस्ने वर्ष ३० का भट्टराई र सोही ठाउँ बस्ने वर्ष २८ का अधिकारीलाई वडा प्रहरी कार्यालय गगनगौंडाको टोलीले कोत्रेबाट यहीं जेठ २५ गते पक्राउ गरेको थियो ।
कास्की प्रहरीले जेठ २७ गते कसुर अभियोग बमोजिम सजायको लागि अदालत समक्ष पेश गरेकोमा थुनछेक बहस पछि पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।
‘आज इजलासमा पीडितहरुलाई न्यायाधीश चन्द्रकान्त पौडेलज्यूले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरुलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’-मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेल
पूर्वअध्यक्ष भट्टराईले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसैगरी, सुवासले पोखरा वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग मिलेर चर्को मिटर ब्याजमा रकम सहकारीलाई खोजिदिए वापत ४० लाख रुपैयाँ कमिशन स्वरुप लिएको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट देखिएको थियो ।
मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले भने–‘आज इजलासमा पीडितहरुलाई न्यायाधीश चन्द्रकान्त पौडेलज्यूले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरुलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’
वित्तीय अनुसन्धानका क्रममा सहकारीको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले वित्तीय अनुसन्धान र प्रहरी छानबिन प्रतिवेदन भन्दा १० करोड घटाएर जम्मा २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको थियो ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित