
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, २९ जेठ । उच्च अदालत पोखराले प्राइम सहकारी ठगीमा संलग्न रहेको भन्दैं प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेका अधिवक्ता ईन्द्रप्रसाद बराललाई थुनामुक्त हुन आदेश दिएको केही दिनपछि उनि फरार भएका छन् । प्रहरीले अधिवक्ता बरालको व्यापक खोजी गरिरहेको छ ।
उच्च अदालत पोखराका रजिष्ट्रार अच्यूत कुँईकेल र उच्च अदालत वार एशोसिएसन पोखराका अध्यक्ष विष्णुप्रसाद शर्मा मरासिनीको रोहवरमा छुटेका अधिवक्ता बराललाई पुनः प्रहरीले खोजि गरेसँगैं उनी मोवाईल स्वीच अफ गरेर फरार भएका हुन् । प्राइम सहकारीका कानुनी सल्लाहकार रहेका अधिवक्ता बरालले सहकारीबाट झण्डैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम ठगी गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धान प्रतिवेदनबाट खुलेको थियो ।
उच्च अदालत पोखराका रजिष्ट्रार अच्यूत कुँईकेल र उच्च अदालत वार एशोसिएसन पोखराका अध्यक्ष विष्णुप्रसाद शर्मा मरासिनीको रोहवरमा छुटेका अधिवक्ता ईन्द्रप्रसाद बराललाई पुनः प्रहरीले खोजि गरेसँगैं उनी मोवाईल स्वीच अफ गरेर फरार भएका हुन् ।
यस विषयमा उच्च वार एशोसिएसनका अध्यक्ष मरासिनीले भने–‘अधिवक्ता बराल आफैं जिम्मेवार रहने गरी, सबै काम इमान्दारिपूर्वक पालना गर्ने गरी, उनको आफ्नै छोरीले बुझेर लिएर जाने भन्ने आदेश भएको हो । यसमा रजिष्ट्रारज्यूको र मेरो पनि जिम्मा होइन ।’
‘हामीले हिजो पनि दिउँसो उहाँलाई खोज्न प्रयास ग¥यौं । उहाँलाई यो कुरा सम्झाई दिन प्रयास गरे । तपाई जान पर्छ । अस्ति पनि मैले प्रयास गरे । मेरो पनि प्रयास खासै कामयाव रहेन,’ अध्यक्ष मरासिनीले भने–हाम्रो पनि अपेक्षा के थियो भने, अदालतले सदासयता देखाई सकेपछि उहाँ जान पर्छ भन्ने हो । जे जसरी उहाँ छुटेको भए पनि, एउटा अदालतले उच्च सम्मान गरेर एउटा वकिल हो, कस्टडीमा बस्न आवश्यक छैन भनेर गर्दाको अवस्थामा ती कुराहरु सम्झेर आफैं अदालतमा र प्रहरीमा जानु पर्ने हो । जब प्रहरीले फोन गरेछ, तब उहाँ हाम्रो पनि सम्पर्कमा नआईकन फरार हुनु भएछ ।’
पोखरा महानगरपालिका वडा नं. १३ आर्वा स्थायी ठेगाना भई हाल पोखरा–१२ ढिकालेथर बस्दै आएका बराललाई प्रहरीले जेठ १ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा रहेका अधिवक्ता बरालको रिहाईको माग गर्दै उनकी छोरीले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिईन् । सोही रिटमा फैसला गर्दै उच्च अदालतले यहीं जेठ ८ गते बराललाई थुना मुक्त गरिदिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भने–‘प्रहरीले खोजेका बखत उपस्थित हुने भन्ने अदालतको आदेशमा लेखिएको छ, तर उहाँ आउनु भएन । फोन गरेको मोवाईल स्वीच अफ गर्नुभयो । त्यसपछि हामीले खोजतलास पनि ग¥यौं तर भेटेनौं । प्रतिवेदनमा त्यहीं कुरा लेखेर मिसिल बुझायौं ।’
‘नियमानुसार बराललाई सँगैं अदालतमा उपस्थित गराउनु पर्ने हो । तर उहाँले नियमको उल्लंघन गर्नुभयो’ एसपी थापाले भने–‘तर उहाँले अदालतको आदेशको पनि बर्खिलाप हुने काम गर्नुभयो । अदालतले खोजेका बखत उपस्थित हुनु भनेको थियो तर उहाँ आउनुभएन । हामीले अदालतलाई कानुन बमोजिम म्याद जारी गर्न अनुरोध गरेका छौं ।’
अधिवक्ता ईन्द्रप्रसाद बरालको ठगी-काण्ड
अधिवक्ता बरालले सहकारीको कानूनी सल्लाहकारको भूमिकामा रही घाटापूर्ति कोषबाट गरिएको हिनामिनामा संलग्न रहेको, सामुदायिक सांस्कृतिक कोषको रकम अनुचित लेनदेनको लागि ऋणी तथा अन्य जग्गा कारोबार बापतको मालपोत दस्तुर रकम समेत भुक्तान गर्न तथा कर विजक पेश नगरी रकम बुझेको, दिग्विजय शर्मा नाममा रहेको कर्जा हिनामिना गर्न अपराधिक गठमेल गरेको, उत्तम मगरको नाममा कायम भएको कर्जामा रकम हिनामिना गरेको, फर्जी खाताबाट भएको रकम अपचलनमा तथा कानूनी खर्च बापत भनि पेश्की कायम गरि रकम हिनामिना गर्ने कार्यमा संलग्न रहेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानका क्रममा सप्रमाण भेटिएको थियो ।
सहकारीको ऐन, विनियम विपरित कार्य गरी बचतकर्ता शेयर/सदस्यहरु लगायतको रकम हिनामिना, अपचलन गरी सहकारी ठगिजन्य कार्य गरेको भन्दैं सहकारी ठगी र राजश्व छली लगायतमा अधिवक्ता बराल विरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।