
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
पोखरा, १६ चैत । समाचार लेखेको विषयमा पत्रकार फणिन्द्र अधिकारी र उनको परिवारलाई धम्की दिइएको भन्दैं डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश सदस्य समेत रहेका रेष्टुरेण्ट व्यवसायी मेखबहादुर क्षेत्री (राजु)लाई कारवाही गर्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्कीले माग गरेको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिका महासचिव सन्तोष गौतम र जिल्ला समिति कास्कीका सचिव पुष्प दाहालले छुट्टा–छुट्टैं प्रेस विज्ञप्ति जारी गर्दै भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक पत्रकारिता पेशा गर्न पाउने अवस्थाको र्सिजना गराउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका लेखनाथ समाचारदाता र नेपाल दूत डटकमका प्रधान सम्पादक फणिन्द्र अकिञ्चनले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने २२ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले चैत १३ गते कास्की जिल्ला अदालतमा दायर गरेको मुद्दाका विषयमा समाचार लेखेका थिए ।
सोही समाचारको विषयलाई लिएर यहीं चैत १६ गते मुद्दाका मुख्य आरोपी मेखबहादुर क्षेत्री (राजु)ले पत्रकार फणिन्द्र र उनको परिवारका सदस्यलाई फोन र म्यासेज गरेर धम्क्याएका थिए । अदालतमा सरकारी निकायले मुद्दा दर्ता गरेको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की दिनु दुःखद र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल लगायत नियमनकारी निकायमा उजुरी गरेर कानुनी उपचार खोज्न पाउने व्यवस्था हुँदाहुँदैं पत्रकारलाई धम्काईएको भन्दैं प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
धम्की दिने पूर्वमाओवादी राजु क्षेत्रीले पोखरा–२२ को कित्ता नम्बर १२६२ को राष्ट्रिय वन क्षेत्रमा १७२ वर्ग मिटर क्षेत्रफलको जग्गामा विगत १२ वर्षदेखि गैरकानुनी रुपमा इलाईट क्याफे सञ्चालन गर्दै आईरहेका थिए । अदालतमा दायर भएको मुद्दामा एक लाख जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ ।
साथै राष्ट्रिय वन क्षेत्रको जग्गामा अतिक्रमण गरी राजु क्षेत्रीले निर्माण एवम् सञ्चालन गरेको इलाईट क्याफे रहेको भवन जफत गर्नुका साथै उक्त क्षेत्रलाई राष्ट्रिय वन क्षेत्र कायम गर्न माग गरिएको छ । वन ऐन २०७६ र नियमावली २०७९ अनुसार २२ जना अभियुक्तहरुलाई सजायको माग दावी गर्दै डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत माधुरी खड्काले अभियोग पत्र अदालतमा यहीं चैत १३ गते दर्ता गराएकी थिईन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान