
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
विभिन्न च्यानल मिलाएर पोखरामा बषौंदेखि सञ्चालन भईरहेको हुण्डी कारोबारीहरुलाई भने प्रहरीले आजसम्म कारवाही गरेको छैन ।
पोखरा, २ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले स्रोत नखुलेको ५ केजी सुन, ६ केजी चाँदी र ६२ लाख रुपैयाँ नगदसहित पोखरा वडा नं. २ मोहरिया टोलबाट एक भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई हाल पोखरामा बस्दै आएका ४० वर्षीय सुरजित भौमिकको साथबाट उक्त सुन, चाँदी र नगद बरामद गरेको हो । मोहरिया टोलमा घर भाडामा लिई अवैध सुन ल्याई विभिन्न गरगहना बनाई बेचबिखन तथा कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले माघ २९ गते (२ दिनअघि) साँझ ६ः४० देखि विहान ४ः३० सम्म खानतलासी गर्दा उक्त परिमाणमा सुन, चाँदी र नगद भेटिएको हो ।
भाडामा लिएको घरका विभिन्न कोठामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले विभिन्न किसिमका सुनका गरगहना ५ केजी दुईसय ग्राम, काँचो सुन ९ सय ९९ ग्रामको एक ढिक्का (विस्कुट) १ थान, ५० ग्रामको १ ढिक्का (विस्कुट) १ थान, चाँदी ६ केजी र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद गरेको प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
प्रहरीले सुरजितको कोठाबाट मोवाईल, आधार कार्ड, डायरी (दुई थान) र रजिष्ट्ररहरु (७ थान) बरामद गरेको थियो । पक्राउ परेका सुरजितले सुन, चाँदी र नगद पैसाको कुनै पनि स्रोत खुलाउन नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सुरजितलाई थप कारवाही र अनुसन्धानका लागि सक्कलै खानतलाशी वरामदी मुचुल्का, बरामद सुन, चाँदी, नगद, बरामद अन्य सामानसहित राजश्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने तयारी गरेको छ ।
‘हुण्डी कारोबारीमाथि पनि यस्तैं कारवाही होस्’ : पोखरेली जनता
पछिल्लो समय कास्की प्रहरीको बढ्दो सक्रियतासँगैं पोखरेलीहरुले अब हुण्डी कारोबारीहरुमाथि पनि कारवाही होला कि भन्ने आशा राखेका छन् । विभिन्न च्यानल मिलाएर पोखरामा बषौंदेखि सञ्चालन भईरहेको हुण्डी कारोबारीहरुलाई भने प्रहरीले आजसम्म कारवाही गरेको छैन ।
विश्वस्त प्रहरी स्रोतका अनुसार हुण्डी कारोबारीहरुले लाखौं रुपैयाँ प्रहरीका उच्च अधिकारीहरुलाई हरेक महिना बुझाउने हुँदा उनीहरु सुरक्षित रहँदैं आएका हुन् । तर यसपटक कास्की प्रहरीको पछिल्लो बढ्दो सक्रियता र काम हेर्दा हुण्डी कारोबारी पनि समातिने आशा जनताले गरेका छन् ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन