
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं ।
जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।
वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।
ब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।
विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।
काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।
नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।
आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।
आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।
तपाई हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् ।
साभार: सुयोग ढकाल (हाम्रो पात्रो)
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन