
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २८ माघ । सहकारी ठगीमा फरार मित्र मिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत आज आईतबार १२ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका छन् । अदालतमा आफैं उपस्थित भएका पूर्वअध्यक्ष राउतलाई जिल्ला अदालत कास्कीले धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश बसन्तजंग थापाको ईजलासले पूर्वअध्यक्ष राउतलाई धरौंटीमा रिहा गर्ने आदेश दिएको थियो । पोखरा महानगरपालिका वडा नं. १२ बस्दैं आएका राउतले नेचर केयर होम प्रा. लि., आयुर्वेद अस्पताल र कुशुमकृष्ण आयूर्वेद फर्मा लगायतका विभिन्न संस्थाहरु सञ्चालन गर्दै आईरहेका छन् ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको हो । सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ९ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौंटीमा रिहा भईसकेका छन् ।
सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
यस्तो थियो पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई लागेको आरोप:
कृष्णबहादुर राउत २०७३ पुस २६ गतेको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी वहन गर्ने बेलादेखि नै मित्र मिलन सहकारीमा अनावश्यक खर्च हुने क्रम सुरु भएको अनुसन्धानका क्रममा देखिन्छ । राउत अध्यक्ष हुँदा नै पोखरा–१२, चापापानीमा उनकी श्रीमती विद्या डाँगी राउतको नाउँमा प्रेमबहादुर कार्कीको २ तले घर करिब १ करोड २० लाखमा खरिद गर्दा अपुग भएको रकम मनबहादुर दमैंका नाममा कृतिम खाता (फेक लोन) तयार गरेर ऋण प्रवाह गरेका थिए ।
राउतले त्यतिबेला सहकारीबाट २०७५ कार्तिक १५ गते ११ लाख २० हजार रुपैयाँ आफैंले सञ्चालन गर्दै आईरहेको कुसुम कृष्ण आयुर्वेद फर्माको नाउँमा लिएका थिए । सोही समयमा विभिन्न मितिमा १५ लाख २२ हजार पाँचसय गरी २६ लाख ४२ हजार पाँचसय लिएको देखिएकोमा तत्कालिन अध्यक्ष राउतले विभिन्न कृतिम कर्जाहरु खडा गरी आफ्नो खातामा रकम रकमान्तर गरी किर्ते काम गरेका थिए ।
राउतले आफू अध्यक्ष हुँदा नै पहुँचको भरमा मनबहादुर दमैको नाउँमा फेक लोन (कृतिम ऋण) सहकारीको सफ्टवेयरबाट भुक्तानी दिएको भनी क्लियर गरेर छाडेका तथ्य बयानका क्रममा वर्तमान समितिका अध्यक्ष रमण पौडेलले दिएको सूचना र अनुसन्धानबाट पुष्टि हुन जाँदा राउतलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (च) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग) र (घ२) बमोजिम अधिकतम सजायको माग दावी गर्दै जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो । पूर्वअध्यक्ष राउतसहित ३३ जना विरुद्ध सहकारी ठगीको मुद्दा यतिबेला जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु