
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना, सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी, हालसम्म ८ जना मात्र पक्राउ
पोखरा, २५ माघ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी आज बुधबार जिल्ला अदालत कास्कीबाट ७ लाख धरौंटीमा रिहा भएका छन् । आज भएको थुनछेक बहसका क्रममा न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो ।
सहकारी ठगीमा फरार भएका भण्डारीलाई प्रहरीले दुई दिन अघि सोमबार राती ८ बजे पक्राउ गरेको थियो । पोखरा–५, मालेपाटनस्थित कुलाकोडिल नजिकै डेरा गरी बस्दै आएका भण्डारीलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो । मित्र मिलन सहकारीको आर्थिक हिनामिना तथा ठगीमा संलग्न भएको आरोपमा ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको हो । सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ८ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौंटीमा रिहा भएका छन् ।
सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
यस्तो छ विष्णुप्रसाद भण्डारीलाई लागेको आरोपः
पक्राउ परेका विष्णुप्रसाद भण्डारीलाई सहकारीको प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत् बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटर व्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको अभियोजन पत्रमा उल्लेख गरिएको छ ।
सो कार्यवापत विभिन्न कर्मचारीहरुको नाउँबाट नगद दाखिला गर्न लगाई चर्को मिटर व्याज रकम असुल्ने गरी कारोबारमा संलग्न रहेको, नेपाल राष्ट्रबैंकबाट जारी नगद कारोबारको सिमाको पालना नगरी एकै दिनमा पटक–पटक १० लाख भन्दा माथि शंकास्पद कारोबार गर्ने गरेको, कार्यकारी प्रमुख अधिकारीसँगको व्यक्तिगत लेनदेनका कारोबारलाई सहकारीमा जोडी मिटर ब्याजसहितको रकम भुक्तानी लिने गरेको, विभिन्न मितिमा कनेक्ट आईपिएस मार्फत् व्यक्तिगत रुपमा शंकास्पद कारोबारलाई सहकारीको रेकर्डमा देखाउने र मिटरव्याज जस्ता कारोबारलाई रेकर्ड छली गर्न पासबुकमा रकम उल्लेखित गर्न लगाई अनुचित लाभ लिने जस्तो कार्य गरी १ करोड ५१ लख १६ हजार १ सय ८४ रुपैयाँको कारोबार गरेको भण्डारीको स्टेटमेण्टबाट खुली आएको भनि अभियोजन पत्रमा उल्लेख छ ।
साथै वित्तीय विश्लेषक र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ समेत भण्डारीले सहकारीलाई चर्को ब्याजमा रकम दिने गरेको, कहिले कसो सहकारीबाट कुनै रेकर्ड नगरिकन दवावमा पारेर २/४ दिनको लागि भनि लाखौं रकम लैजाने र समयमा नै सहकारीमा फिर्ता नगर्ने गरेकोमा पछिल्लो पटक सहकारीबाट लगेको २१ लख रुपैयाँ फिर्ता गरेको छैन भनि सहकारीका अध्यक्ष रमण पौडेल र सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बयानसहित अभियोजन पत्रमा खुलाइएको छ ।
यता, आरोपित विष्णुप्रसाद भण्डारीले २०७८ फागुन १८ गते वित्तीय अनुसन्धानका क्रममा बयान दिदाँ उक्त रकम मेरो खाताबाट निकासी गरिएको कृतिम खाताबाट राखिएको २० लाख सम्बन्धमा सो कारोबार आफ्नो नभएको तर प्रमुख कार्यकारी अधिकृत किरणले फोन गरी भूलवश हजुरको खातामा रकम दाखिला हुन गएकोले सो रकम निकासी गरिदिन अनुरोध गरेपछि सोही बमोजिम अधिकारीलाई चेक दिएको भनी लिखित बयान दिएको अभियोजन पत्रमा उल्लेख छ ।
भण्डारीको खातामा कुमार मगरको नामको कृतिम खाताबाट २० लाख रुपैयाँ जम्मा भएको र उनले १ लाख थप गरी २१ लाखको चेक भरपाई सहकारीमा दिएको देखिएको र उनले खुलाएको व्यहोरा फरक परेको हुँदा सहकारीको सञ्चालक र कार्यकारीसँग मिलेमतो गरेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैर कानुनी लाभ लिनमा प्रत्यक्ष संलग्न रहेको भन्दै सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ ४) बमोजिमको अधिकतम सजायको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजन दर्ता गरेको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन