
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना, सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी, हालसम्म ८ जना मात्र पक्राउ
पोखरा, २५ माघ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी आज बुधबार जिल्ला अदालत कास्कीबाट ७ लाख धरौंटीमा रिहा भएका छन् । आज भएको थुनछेक बहसका क्रममा न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो ।
सहकारी ठगीमा फरार भएका भण्डारीलाई प्रहरीले दुई दिन अघि सोमबार राती ८ बजे पक्राउ गरेको थियो । पोखरा–५, मालेपाटनस्थित कुलाकोडिल नजिकै डेरा गरी बस्दै आएका भण्डारीलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो । मित्र मिलन सहकारीको आर्थिक हिनामिना तथा ठगीमा संलग्न भएको आरोपमा ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको हो । सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ८ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौंटीमा रिहा भएका छन् ।
सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
यस्तो छ विष्णुप्रसाद भण्डारीलाई लागेको आरोपः
पक्राउ परेका विष्णुप्रसाद भण्डारीलाई सहकारीको प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत् बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटर व्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको अभियोजन पत्रमा उल्लेख गरिएको छ ।
सो कार्यवापत विभिन्न कर्मचारीहरुको नाउँबाट नगद दाखिला गर्न लगाई चर्को मिटर व्याज रकम असुल्ने गरी कारोबारमा संलग्न रहेको, नेपाल राष्ट्रबैंकबाट जारी नगद कारोबारको सिमाको पालना नगरी एकै दिनमा पटक–पटक १० लाख भन्दा माथि शंकास्पद कारोबार गर्ने गरेको, कार्यकारी प्रमुख अधिकारीसँगको व्यक्तिगत लेनदेनका कारोबारलाई सहकारीमा जोडी मिटर ब्याजसहितको रकम भुक्तानी लिने गरेको, विभिन्न मितिमा कनेक्ट आईपिएस मार्फत् व्यक्तिगत रुपमा शंकास्पद कारोबारलाई सहकारीको रेकर्डमा देखाउने र मिटरव्याज जस्ता कारोबारलाई रेकर्ड छली गर्न पासबुकमा रकम उल्लेखित गर्न लगाई अनुचित लाभ लिने जस्तो कार्य गरी १ करोड ५१ लख १६ हजार १ सय ८४ रुपैयाँको कारोबार गरेको भण्डारीको स्टेटमेण्टबाट खुली आएको भनि अभियोजन पत्रमा उल्लेख छ ।
साथै वित्तीय विश्लेषक र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ समेत भण्डारीले सहकारीलाई चर्को ब्याजमा रकम दिने गरेको, कहिले कसो सहकारीबाट कुनै रेकर्ड नगरिकन दवावमा पारेर २/४ दिनको लागि भनि लाखौं रकम लैजाने र समयमा नै सहकारीमा फिर्ता नगर्ने गरेकोमा पछिल्लो पटक सहकारीबाट लगेको २१ लख रुपैयाँ फिर्ता गरेको छैन भनि सहकारीका अध्यक्ष रमण पौडेल र सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बयानसहित अभियोजन पत्रमा खुलाइएको छ ।
यता, आरोपित विष्णुप्रसाद भण्डारीले २०७८ फागुन १८ गते वित्तीय अनुसन्धानका क्रममा बयान दिदाँ उक्त रकम मेरो खाताबाट निकासी गरिएको कृतिम खाताबाट राखिएको २० लाख सम्बन्धमा सो कारोबार आफ्नो नभएको तर प्रमुख कार्यकारी अधिकृत किरणले फोन गरी भूलवश हजुरको खातामा रकम दाखिला हुन गएकोले सो रकम निकासी गरिदिन अनुरोध गरेपछि सोही बमोजिम अधिकारीलाई चेक दिएको भनी लिखित बयान दिएको अभियोजन पत्रमा उल्लेख छ ।
भण्डारीको खातामा कुमार मगरको नामको कृतिम खाताबाट २० लाख रुपैयाँ जम्मा भएको र उनले १ लाख थप गरी २१ लाखको चेक भरपाई सहकारीमा दिएको देखिएको र उनले खुलाएको व्यहोरा फरक परेको हुँदा सहकारीको सञ्चालक र कार्यकारीसँग मिलेमतो गरेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैर कानुनी लाभ लिनमा प्रत्यक्ष संलग्न रहेको भन्दै सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ ४) बमोजिमको अधिकतम सजायको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजन दर्ता गरेको थियो ।