
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
पोखरा, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको छ । डिफ्यूजन नोटिस जारी भएसँगैं अलि प्रभावकारी ढंगले खोजी गर्न प्रहरीले रेड कर्नर नोटिसको तयारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार फरार भएका ३ जना विरुद्ध रेड कर्नर नोटिस नै जारी गर्नका लागि थप प्रक्रिया सुरु भएको बताए । उनले भने–‘डिफ्युजन नोटिस भन्दा रेड कर्नर नोटिस अझै सशक्त हुने हुँदा थप पत्राचार गरेर यसका लागि हामी अघि बढ्दैंछौं । अब छिट्टैं नैं रेड कर्नर नोटिस जारी हुनेछ ।’
संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी भईसकेको छ । सहकारीको रकम ठगी फरार भएका उनीहरु विरुद्ध कास्की प्रहरीले डिफयूजन नोटिसको प्रक्रिया अघि बढाई दिन प्रहरी प्रधान कार्यालयलाई गत महिना पत्राचार गरेको थियो ।
सोही बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको हो । प्रहरी प्रधान कार्यालयको अनुरोध अनुसार माघ १२ गते इन्टरपोलले नोटिस जारी गरेको हो ।
उच्च अदालतद्वारा महेन्द्र भोटे र अनुज नकर्मीको रिट खारेज
त्यसैगरी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ र फरार रहेका अनुज नकर्मीले थुनामुक्ता भएर मुद्दा लड्नका लागि दिएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । न्यायाधिश अमृतबहादुर बस्नेत र राजकुमार खतिवडाको इजलासले यहीं माघ ९ गते सो रिट खारेजको फैसला गरेका थिए ।
महेन्द्र भोटे र नकर्मीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाका विरुद्धमा २०८० असोज ४ गते रिट हालेका थिए ।
१ अर्ब ११ करोड हिनामिना गरेर अझैं १५ जना फरार
सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । १९ जना मध्ये सहकारीका सदस्य शिवबहादुर गुरुङ महेन्द्र भोटेसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अझै १५ जना फरार छन् ।
जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् ।
पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको थियो ।
जीबी राई २१ करोड, भूपेन्द्र ८० करोड र थानबहादुर बुढाले २७ करोड हिनामिना गरेका थिए …
सूर्यदर्शन सहकारीमा जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति