
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, ३ माघ । मिल मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी धरौंटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले मंगलबार ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर वैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको आरोपमा प्रहरीले उनलाई पुस २५ गते बुधबार पोखरा–१३, कसेरी बौरीबोट घरबाट पक्राउ गरेको थियो । ५७ वर्षीय अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडवेसीका शिक्षक समेत हुन् ।
लेखा संयोजक अधिकारीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ५) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ७ जनामात्र पक्राउ परेका थिए । जसमध्ये ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । भने अधिकारी धरौंटीमा रिहा भएका हुन् ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरिएको थियो । सहकारी ठगीमा प्राध्यापक, वडाध्यक्ष, वकिल, टोले गुन्डादेखि पत्रकारसम्मको संलग्नता रहेको अनुसन्धानका क्रममा देखिएको थियो ।
सहकारी ठगीमा फरार अभियुक्तहरुले अदालतमा सेटिङ मिलाएर सार्वजनिक हुने हल्ला चलेसँगैं पछिल्लो समय अदालतबाट देखिन थालेको आदेशले सहकारी पीडित बचतकर्ताहरु भने आक्रोशित भएका छन् । आर्थिक चलखेल गर्दै अदालतबाट छुट्ने र बचतकर्ताहरुलाई धम्की दिदैं प्रमाणहरु नष्ट गर्ने र मुद्दालाई प्रभावित पार्न सक्ने हुँदा सहकारी ठगीमा संलग्नहरुलाई पुर्पक्षका लागि कारागारमा राखी अनुसन्धान गर्न बचतकर्ताहरुले माग गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन