
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
दुई युवतीको ज्यान लिने कार चालक मानबहादुर बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखरा, २३ पुस । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा कारचालक बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा कार चालक मानबहादुरले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो । सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।
लापरवाही ढंगले बिएए ००४१ नम्बरको कार हाँकेका बानियाले विपरित साईडबाट आईरहेको स्कुटीलाई गत मंसिर २४ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा ठक्कर दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाले अनियन्त्रित ढंगले कार हाँक्दैं विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।

अनाहकमा ज्यान गुमाउन पुगेका भावना बराल र अनिशा खड्का
शुक्रबार र आइतबार अदालतमा थुनछेक बहस चलिरहँदा कार चालकलाई कडा कारवाहीको माग गर्दै पीडितका परिवार, आफन्त, आमा समूह, क्लब र स्थानीयवासीहरुले जिल्ला अदालत कास्कीको मुख्य गेट बाहिर सयौंको संख्यामा उपस्थित भएर नाराबाजी गरेका थिए ।
यता, थुनछेक बहस चलिरहँदा मृतक भावनाकी आमा शोभा बरालले अनिशा र भावनालाई ठक्कर दिईसकेपछि पनि बचाउन सक्ने समय हुँदा हुँदै बचाउने प्रयत्न नगरिएको, चालकले अपनाउनु पर्ने आवश्यक सावधानी अपनाउनुको साटो मार्ने उद्देश्य लिई स्कुटरलाई ठक्कर दिईसकेपछि पनि ५० मिटरसम्म घसारी उनीहरुको शरिरमाथि कार चढाई क्रुर तवरले हत्या गर्ने काम भएको भन्दैं कडा कारवाहीको माग गरेकी थिईन् ।
पीडित परिवारले घटनास्थलको मुचुल्का र ट्राफिक स्केचहरु त्रुटिपूर्ण ढंगले पीडकको नुनको सोझो गर्ने गरी बनाईएको भन्दैं यसमा संलग्न ट्राफिक प्रहरीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । पीडित परिवारले कुनै पनि हालतमा मानबहादुर जस्ता अपराधीहरुले उन्मुक्ति दिन नहुने र यस्ताले उन्मुक्ति पाएमा भोलि कुनै पनि घरका छोरीहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहने बताएका छन् ।
भावना बराल र अनिशा खड्काको न्यायका लागि जिल्ला अदालत कास्की अगाडि धर्ना दिदैं आन्दोलनरत पीडित, आफन्तजन र स्थानीयवासीहरु:

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन