
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
दुई युवतीको ज्यान लिने कार चालक मानबहादुर बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखरा, २३ पुस । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा कारचालक बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा कार चालक मानबहादुरले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो । सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।
लापरवाही ढंगले बिएए ००४१ नम्बरको कार हाँकेका बानियाले विपरित साईडबाट आईरहेको स्कुटीलाई गत मंसिर २४ गते दिउँसो ४ बजेर १५ मिनेट जाँदा ठक्कर दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाले अनियन्त्रित ढंगले कार हाँक्दैं विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।

अनाहकमा ज्यान गुमाउन पुगेका भावना बराल र अनिशा खड्का
शुक्रबार र आइतबार अदालतमा थुनछेक बहस चलिरहँदा कार चालकलाई कडा कारवाहीको माग गर्दै पीडितका परिवार, आफन्त, आमा समूह, क्लब र स्थानीयवासीहरुले जिल्ला अदालत कास्कीको मुख्य गेट बाहिर सयौंको संख्यामा उपस्थित भएर नाराबाजी गरेका थिए ।
यता, थुनछेक बहस चलिरहँदा मृतक भावनाकी आमा शोभा बरालले अनिशा र भावनालाई ठक्कर दिईसकेपछि पनि बचाउन सक्ने समय हुँदा हुँदै बचाउने प्रयत्न नगरिएको, चालकले अपनाउनु पर्ने आवश्यक सावधानी अपनाउनुको साटो मार्ने उद्देश्य लिई स्कुटरलाई ठक्कर दिईसकेपछि पनि ५० मिटरसम्म घसारी उनीहरुको शरिरमाथि कार चढाई क्रुर तवरले हत्या गर्ने काम भएको भन्दैं कडा कारवाहीको माग गरेकी थिईन् ।
पीडित परिवारले घटनास्थलको मुचुल्का र ट्राफिक स्केचहरु त्रुटिपूर्ण ढंगले पीडकको नुनको सोझो गर्ने गरी बनाईएको भन्दैं यसमा संलग्न ट्राफिक प्रहरीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । पीडित परिवारले कुनै पनि हालतमा मानबहादुर जस्ता अपराधीहरुले उन्मुक्ति दिन नहुने र यस्ताले उन्मुक्ति पाएमा भोलि कुनै पनि घरका छोरीहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहने बताएका छन् ।
भावना बराल र अनिशा खड्काको न्यायका लागि जिल्ला अदालत कास्की अगाडि धर्ना दिदैं आन्दोलनरत पीडित, आफन्तजन र स्थानीयवासीहरु:
